८ कार्तिक २०८३, आइतबार

गृहमन्त्री र सचिवले यति धेरै रकम किन खर्च गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamकाठमाडौं, २ वैशाख । सुराकी खर्चको नाममा गृहमन्त्री र गृहसचिवले अपारदर्शी रुपमा ठूलो धनराशी खर्च गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको ५३ औँ प्रतिवेदनले त्यस्तो औँल्याएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७१/७२ मा राष्ट्रिय अनुसन्धान विभागका ७५ जिल्ला तथा ५ क्षेत्रीय कार्यालयले एक वर्षमा सुराकी खर्चवापत २५ लाख रुपैयाँ बजेट पाएका थिए ।

तर, तत्कालीन गृहमन्त्री बामदेव गौतम एक्लैले झन्डै दोब्बर रकम खर्च गरेका छन् ।

गृहमन्त्री गौतम मात्र होइयन्, तत्कालीन गृहसचिव सूर्य सिलवालले पनि धेरै खर्च गरेको प्रतिवेदनमा उल्लेख रहेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रतिवेदनअनुसार एक वर्षमा गृहमन्त्री एक्लैले सुराकीको नाममा ४६ लाख रुपैयाँ खर्च गरे भने गृहसचिवले २५ लाख रुपैयाँ खर्च गरे । यी दुवै रकम अपारदर्शी खर्च हुन् ।