बिस्केक (किर्गिस्तान), १ वैशाख । किर्गिस्तानको संसदले बुधबार सर्वसम्मतिमा नयाँ सरकारको प्रधानमन्त्री चयन गरेको छ ।
किर्गिस्तानका राष्ट्रपति अल्माजबेक आतेम्बायनका निकट सहयोगी मानिँदै आएका ५७ वर्षीय सुरोनबाई जिनबेकोभ बुधबार किर्गिस्तानको छैटौँ प्रधानमन्त्रीका रुपमा छानिनुभएको हो ।
किर्गिस्तानमा वर्षौ लामो आन्दोलनबाट पूर्वप्रधानमन्त्री तेमिर सरियभको विरोधमा आन्दोलन भएपछि गएको सोमबार सरियभले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।रासस/एएफ्पी
















प्रतिक्रिया