१६ कार्तिक २०८३, सोमबार

नेपाली संस्कृतिमाथि चौतर्फी हमला भयो, अब एक भएर लडौंः पूर्व प्रधानसेनापति कटुवाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rukamagat katuwal news (6)

– नरेश केसी
भैरहवा, १ वैशाख । नेपाली कला संस्कृतिमाथि चौतर्फी हमला भइरहेको हुँदा सबै नेपाली एक भएर त्यसको सामना गर्न नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालले आग्रह गरेका छन् ।

नयां वर्ष २०७३ को अवसरमा हिन्दू स्वयंसेवक संघ भैरहवा विभागद्वारा बुधवार विहान भैरहवामा आयोजित संस्कृति रक्षा दौड प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्र वितरण गर्दै पूर्व सेनापति कटुवालले भने ‘हाम्रो कला संस्कृतिमाथि चौतर्फी हमला भईरहेको छ । यसकारण सबै एकजुट भएर यसको सामना गरौं ।’

परंपरागत संस्कृतिमाथि अज्ञानता र गरिबीको कारण चौतर्फी हमला भइरहेको छ भन्दै कटुवालले भाषा धर्म, जाति, समूह छाडेर नेपाली बन्नुपर्नेमा जोड दिए । उनले सबैभन्दा पहिले नेपाली भएर बाच्नुपर्ने बारम्बार दोहोराउदैं नेपाली भएपछि मात्र हिमाली, पहाडी र तराईबासी हुने पनि बताए ।

सेनाको प्रधानसेनापति छदां तत्कालिन प्रधानमन्त्री एमाओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री पदलाई धरापमा पारिदिएर राजनीतिमा चर्चाको शिखरमा आएका कटुवालले दलगत राजनीति भन्दा नेपालीपनलाई जोड दिनुपर्ने भन्दै राजनीतिमा पोलिटिक्स घुस्दा समस्या आएको दुखेसो पोखे ।

rookmangud katawal-rp

पूर्व सेनापति कटुवालले कानुन सबैले मान्नुपर्ने जनाउदैं नयां वर्ष २०७३ ले सबै नेपालीलाई नेपाली बन्ने अभिप्रेरणा जागोस् भन्ने शुभेच्छा प्रकट गर्दै भने काठमाण्डौंमा विपत्ति पर्दा ग्यास र तेल आपुर्ति गरेर भैरहवा नाकाले ठूलो योगदान दिएकोले यहीबाट संस्कृति रक्षाको लागी पहल भएकोमा खुसी पनि छु ।

Rukamagat katuwal news (3)

संस्कृति रक्षा दौडमा सहभागी सयौं जना मध्ये प्रथम भएका इन्द्र थापा (पडसरी), द्वितीय भएका अजय कुर्मि (चिल्हीया), तृतिय भएका सत्येन्द्र यादव (जंगहथ्ता), र सान्तनवा भएका मोहमद रफी (दरखसवा) र जित बहादुर (नौतनवा) लाई पुर्व सेनापति कटुवालले क्रमशः ११ हजार, ७ हजार, ५ हजार र ११ सय नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रमाणपत्र वितरण समारोहमा ह्न्दिू स्वयंसेवक संघका हेम शर्मा, शिक्षासेवी ज्ञानदेव हटुवाल, प्याब्सन केन्द्रिय सदस्य विष्णु पन्थि, हिन्दु धर्मका ज्ञाता श्रीसन्त गौतम, लुम्बिनी विश्वविद्यालयका सभासद नारायण अग्रवाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Rukamagat katuwal news (1)  Rukamagat katuwal news (4) Rukamagat katuwal news (5)