
धादिङ १ वैशाख । धादिङका भूकम्प पीडितहरु जीविकोपार्जनका लागि विभिन्न खालका स्वआर्जनमूलक काम गर्न थालेका छन ।
भूकम्प पीडितहरु खास गरेर वाख्रापालनमा वढी आकर्षित भएका छन । कुम्पुर गाविस–४ का भुकम्प पीडित तोपवहादुर अधिकारीका अनुसार पाल्न सजिलो हुने भएकोले धेरैले वाख्रा पालनमा रुची राखेका हुन ।

चाँडो आम्दानी हुने तरकारीमा संलग्न हुने धेरैको चाहना थियो तर पानीको अभावमा तरकारी खेती गर्न नसकेको कुम्पुर–८ चापखोला गाउँकी भीमकुमारी श्रेष्ठले वताउनुभयो । अधिकांश भूकम्प पीडितले अहिले एक जोडी वाख्रा किनेका छन ।
तर विष्णुमाया भुजेल र चिनमाया विसंखेले भने फरक खालको काम गर्न थालेको छन । विष्णुमायाले सिलाईकटाई मेसिन किनेकी छन भने चिनमायाले तीन छ रोपनीमा तरकारी खेती गर्न थालेकी छन ।

कुम्पुरका दुई सय ८४, जोगीमारा तीन ३९, खरी एक सय ६८, नलाङ दुई सय २२ र सलाङ एक सय ६३ परिवारले स्वरोजगारमुलक काम गर्न थालेका छन । सरकारले दिएको राहत रकम १५ हजार र गैरसरकारी संस्था फायाले दिएको पहिलो किस्ताको साढे सात हजार रकमबाट उनीहरुले स्वरोजगारमुलक काम गर्न थालेका हुन । फायाले मंगलवार कुम्पुरका एक सय ७२ जनालाई जीविको पार्जनका लागि दोस्रो किस्ताको वीस लाख वढी रकम वितरण गरेको छ ।
दोस्रो किस्ताको रकमले पनि धेरैले वाख्रापालन र केहीले कुखुरा वंगुर, तरकारी खेती गर्ने वताएका थिए ।















प्रतिक्रिया