१६ कार्तिक २०८३, सोमबार

जंगलको आगो निभाउदा जलेका खड्काको उपचारमा आर्थिक समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aagole 2गुल्मी, १ वैशाख । वनमा लागेको आगो निभाउने क्रममा जलेर गुल्मीका एक युवा गम्भीर घाइते भएका छन् । जिल्लाको मलागिरी गाविसको धैरेनी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाईते भएका मलागिरी वडा नं. २ का २१ वर्षका कमल खड्काको उपचारमा समस्या भएको हो । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

गत चैत २९ गते राति उक्त सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते खड्कालाई जिल्ला अस्पताल गुल्मीमा उपचार हुन नसकेपछि थप उपचारको लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियो ।

खड्काको मिसन अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले आर्थिक अभावका करण आफनै घरमा फर्काएर ल्याएका थिए । आगोबाट उनको शरीरको ६५ प्रतिशत भाग जलेको जिल्ला अस्पताल गुल्मीले जनाएको छ ।

खड्काको उपचारमा समस्या आएको थाहा पाएसँगै जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपरा कँणेलको नेतृत्वमा जिल्लाका राजनितीक दल, जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मी, समाजसेवी, पत्रकारहरुको पहलमा बुधवार सदरमुकाम तम्घासमा २६ हजार आर्थिक संकल गरि काठमाडौंस्थित मोडल अस्पतालमा पठाइएको छ । आर्थिक अभावका कारण उनको उपचारमा सहयोग गर्न परिवारजनले सहयोगको आग्रह गरेको छ ।

खड्काको थप उपचारको व्यवस्थमा काठमाडौंको मोडल अस्पतालले पनि सहयोग गर्ने भएको छ । उनको औषधि वाहेक अन्य खर्च अस्पतालले गर्ने भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महमासचिव तारा प्रसाद भुसालले जानकारी दिनुभयो । गत सोमवार उक्त सामुदायिक वनमा लागेको आगो बस्ती जनिकै आएसँगै उनी आगो निभाउने क्रममा आगोबाट जलेर गम्भीर घाइते भएका थिए ।