८ कार्तिक २०८३, आइतबार

‘प्रचण्ड’ले आफ्नै छोरी च्यापेपछि…रुवाबासी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Renu Dahal Pathakकाठमाडौं, १ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी रेणुलाई पार्टीनिकट महिला संगठनको महासचिव बनाउन खोजेपछि नेत्रीहरू चर्को विारेधमा उत्रिएका छन् ।

यही विवादबीच सोमबार बिहानैदेखि पेरिसडाँडामा महिलाको चर्को रुवाबासी चल्द वरपरका बािसन्दासमेत के भयो भन्दै हेर्न पुगेका थिए । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

२३ चैतदेखि २५ गतेसम्म काठमाडौंमा चलेको अनेमसंघ क्रान्तिकारीको छैटौँ राष्ट्रिय सम्मेलनले पदाधिकाी चयन गर्न नसकेपछि पार्टीको तर्फबाट धर्मशिला चपागाइँ अध्यक्ष रहने गरी केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरिए पनि अन्य पदाधिकारी चाहिँ केन्द्रीय समितिले चयन गर्ने प्रस्ताव थियो ।

तर, पदाधिकारीका आकाक्षी धेरै भएपछि पार्टीले त्यहाँ पनि हस्तक्षेत्र गर्न खोजेको भन्दै महासचिवका दावेदार विमला सुवेदीसहित ताम्सालिङ महिलाले बैठक बहिरका गरेका छन् ।

उता, महासचिवको दाबी नछाडेकी रुकुमकी विमला केसीले पार्टी नेताले प्रचण्ड पुत्रीलाई जबरजस्ती उठाउन लागेको भन्दै सोमबार बिहान धर्धरी रोएर यसलाई नमान्ने घोषणा गरेकी हुन् । विमला केसी जनार्दन शर्माका भतिज वसन्तकी श्रीमती हुन् ।

लामो समयदेखि महिला आन्दोलनमा सक्रिय उनलाई अध्यक्ष नै बनाउनुपर्नेमा जनार्दशन शर्माले जोड गर्दै आए पनि महासचिव कृष्णबहादुर महरा र सचिव वर्षमान पुनले झापाकी धर्मशिला चापागाइँलाई अध्यक्ष बनाएको स्रोतको दाबी छ ।

उता, नारायणकाजी श्रेष्ठनिकटका पूर्व एकता केन्द्रका महिलाले पनि आफूहरूलाई अपमान गरिएको तथा महिला फ्याक्सन इञ्चार्ज शशि श्रेष्ठलाई बाइपास गरेर सिधै प्रचण्डबाट हस्तक्षेप गरिएको भन्दै बैडक बहिष्कार गरेका छन् । बैठकमा शशि श्रेष्ठ, अञ्जना विसंखे, महिलाकी निर्वतमान अध्यक्ष सीता पाखरेल, गंगा बेल्वासेलगायत कसैले पनि सहभागिता जनाएनन् ।