रेयकजाभिक (आइसल्यान्ड), १ वैशाख । आइसल्यान्डको प्रतिपक्षी दलहरुले अपतटीय कारोबार विवादमा मुछिएका पूर्व प्रधानमन्त्री सिगमन्डुर ड्याभिड गुनलगसनको राजीनामापछि सत्ता सम्हालेका वर्तमान् प्रधानमन्त्री सिगरदुर इङ्गी जोहानसनसँग संसदीय निर्वाचनको मिति शरद ऋतुका लागि तय गर्न आग्रह गरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री जोहानसनले प्रतिपक्षीको यो आग्रहलाई मंगलबार अस्वीकार गर्नुभएको छ ।
सत्तामा आउनुअघि सन् २०१७ को अप्रिलमा तय भएको निर्वाचन शरदभित्र गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
आइसल्यान्डको वामपन्थी तथा मध्यपन्थी दलले जोहानसनलाई शुक्रबार अविश्वासको मतद्वारा हटाउन असफल भएपछि निर्वाचनलाई शरद ऋतुभित्रै गर्नका लागि प्रधानमन्त्रीलाई मङ्गलबार भेटी नयाँ चुनावको दिन तोक्न अनुरोध गरेका हुन् ।
पूर्वप्रधानमन्त्री गनलगसनसहित उहाँका मन्त्रिपरिषद्मा रहेका अर्थ र गृहमन्त्रीसमेतको नाम पानामा पेपर्समा समावेश भएको छ । उनीहरुमाथि पनि पूर्व प्रधानमन्त्री गुनलगसन जस्तै आर्थिक अनियमितता गरेको आरोप छ । एएफपी















प्रतिक्रिया