३० आश्विन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा सत्याल निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ajay satyal– विजय थापा

वाशिंगटन डिसी । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा अमेरिकामा बसोबास गर्दै आएका अजय सत्याल निर्वाचित भएका छन् । अप्रिल १२ तारिखमा बसेको अन्तर्राष्ट्रिय नेपाली रक्त दाता संघको बैठकले सर्बसम्मत सत्याललाई अध्यक्षमा चयन गरेको हो ।

सन् २०१४ मा स्थापित इन्टर नेसनल नेपलिज बल्ड डोनर्सका संस्थापक समेत रहेका सत्याल बिगत ३२ वर्षदेखि अमेरिकाको फ्लोरिडा राज्यमा बस्दै आएका सत्यालले हाल सम्म १ सय ३४ पटक रक्तदान गरि सकेका छन् ।

आईएनबिडिको उद्देश्य विश्वभर छरिएर रहेका नेपाली समुदायमा नेपाली रक्तदाताबाट सहयोग गर्नुको साथै नेपाली समुदायलाई उत्प्रेरणा गर्दै नियमित रक्तदान गराउनु रहेको छ ।

इन्टर नेसनल नेपलिज बल्ड डोनर्स गैर मुनाफा सामजिक संस्थाको रुपमा अमेरिकामा दर्ता भएको छ । नव निर्वाचित कार्यकारी समितिको अध्यक्षमा अमेरिकाका अजय सत्याल निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा क्रमस क्यानडाका गोबिन्द रावल, मिलन शर्मा युके तथा बिनोद मैनाली अस्ट्रेलिया निर्वाचित भएका छन् ।

यसै गरि कोषाध्यक्षमा कतारका बिनोद भट्टराई, नेपालका निरन्जन पौडेल महासचिबमा तथा युकेका एभरेस्ट गौतम सूचना सचिब, तथा पोर्तुगलका गणेश पाण्डे सूचना संयोजकमा निर्वाचित भएका छन् ।

कार्यकारी समितिको सदस्यहरुमा प्रशान्त उप्रेती, फ्रान्स, प्रकाश सापकोटा आयरल्याण्ड, बिनिता रिमाल, बेल्जियम, नरेश मल्ल, बहराइन, उत्तम अधिकारी दुबई, भोला लामिछाने स्पेन, राहुल रेग्मी भारत, कर्ण बहादुर अधिकारि मकाउ, डा अमर देउजा, दक्षिण अमेरिका तथा अमेरिकाका केदार तिमिल्सिना सर्बसम्मत निर्वाचित भएका छन् ।

संस्थाका निवर्तमान अध्यक्ष अर्जुन प्रसाद मैनाली रहेका छन भने मैनाली संस्थापक अध्यक्ष पनि हुन् ।

नव निर्वाचित सभापति अजय सत्यालले आफ्नो मन्तब्य राख्दै संस्था मानिसको जीवन बचाउन रक्त दाता संग काम गर्न प्रतिबद्ध हुनुको साथै संस्थाको अभियान अन्तर्गत विश्व भर फैलिएर रहेको गैर आवासीय नेपाली संघ संग मिलेर सहयात्रीको रुपमा काम गर्न चाहेको बताए ।

यसको लागि संसार भर फैलिएर रहेका संघ तथा संस्थालाई सहभागी हुन् र समर्थन गर्न आब्हान गर्दै सम्पूर्ण समर्पित सदस्यलाई धन्यवाद दिएका छन् ।