– बिष्णु सापकोटा
बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा आगामी १७ अप्रिल आईतबारका दिन लुभेन शहरमा एक दिने नेपाल महोत्सव को भब्य रुपमा आयोजना गरिने भएको छ ।
गैर आवासीय नेपाली संघ वेल्जियम मुख्य आयोजक रहेको महोत्सव वेल्जियममा स्थापित वैचारिक,जातिय,सामाजिक तथा क्षेत्रिय झन्डै चार दर्जन संघ(संस्थाहरुको सयुक्त सह(आयोजनामा हुने महोत्सवको संरक्षकत्वको भूमिकामा नेपाली दुतावास व्रसेल्स रहेको छ।
नेपाल महोत्सवका लागि वेल्जियम नेपाल लगाएत अन्य मुलुकका कुटनैतिक,राजनैतिक, सरकार एवं संसदका प्रतिनिधीहरुलाई आमन्त्रण गरिएको र वेनलक्सका लागि महामहिम राजदुत राममणी पोखरेल, लुवेन नगरपालिकाका मेयर लुईस तोवाक, गैर आवासीय नेपाली संघका केन्दिय अध्यक्ष शेष घले, वेल्जियम एवं नेपालका संसद सदस्यहरुको सहभागिता हुने जानकारी प्राप्त भएको छ ।
वेल्जियम वाहिरका मुलुकहरुवाट समेत गैर आवासीय नेपाली संघका अभियान कर्ताहरु आउने समेत आयोजक लाई जानकारी गराई सकेको अध्यक्ष गंगाधर गौतम ले बताएका छन । महोत्सवमा बेलायत बाट आउने नेपाली नौमती बाजा मुख्य आकर्षक रहने जनाईएको छ ।















प्रतिक्रिया