काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका सर्वाधिक चतुर नेताको रुपमा कुष्णप्रसाद सिटौलालाई लिन थालिएको छ ।
नेताहरू केबी गुरुङ, खुमबहादुर खड्का, तारानाथ रानाभाट, रामशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, अर्जुन नरसिंह केसी र पूर्णबहादुर खड्कालगायतभन्दा कनिष्ट मानिने सिटौला दश वर्षअघि तात्कालीक कांग्रेस सभपाति गिरिजाप्रसाद कोइरालासँगको निकटाका कारण रातारात शक्तिशाली बनेर उदाएका थिए ।
उनको भूमिकाले माओवादीलाई सहयोग पुगाएको देखिएपछि कांग्रेसभित्र सिटौलाको व्यापक आलचेना हुन थालेको थियो ।
गिरिजाप्रसाद कोइराला प्रधानमनत्री रहँदा गृहमन्त्री बनाइएका सिटौलाका कारण कांग्रेसलाई अप्ठ्यारोमा पारेको ठान्न थालिएपछि सुशील कोइलालो सिटौलाको आलोचना मात्र गरेनन्, सार्वजनिक रुपमै पदबाट राजीनामासमेत मागका थिए ।
त्यसताका सुशील र सिटौलाबीचको मनमुटावलाई नजिकबाट बुझ्नेहरूले कुनै दिन सुशील कोइराला पावरमा पुगेपछि सिटौलाको राजनीतिक भविष्य संकटमा पर्ने ठानेका थिए । गिरिजाप्रसादले पावरफुल बनाइदिएका सिटौला सुशील कोइराला पावरमा आएपछि अनुमानविपरीत झनै शक्तिशाली बने । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
अर्को पक्षको अड्चन र विरोध रहँदारहँदै पनि सभपाति रहेका सुशील कोइराले सिटौलालाई महामन्त्री बनाइछाडे । त्यस्तै केही भन्टाकै लागि भए पनि उपप्रधानमन्त्रीसम्मको हैसियत दिलाउने कार्य पनि सुशीलकै कार्यकालमा भयो ।
कुनै समय शेरबहादुर देउवाको कट्टर विरोधी सिटौला अहिले देउवासँग सर्वाधिक निकट बन्ने कसरत गर्दैछन् । र उनले यसमा एक हदसम्म सफलता पनि पाएको बुझिदै छ । आफ्नो उम्मेदवारीलाई सभपाति पदमा देउवाको विजयको कारण बताउँदै देउवा निकट बन्न पुगेको सिटौलाले कांग्रेस संसदीय बोर्डको सदस्य बन्ने आकंक्षा राखेका छन् ।
त्यस्तै, सिटौलाले खुमबहादुर खड्कालाई उपसभपाति बन्न नदिन पनि अनेक कसरत गरिरहेको बताइन्छ । खड्काले स्पेस पाउँदा आफूलाई क्षति पुग्ने ठान्दै आएका सिटौला दशकअघिदेखि नै खुमबहादुरका विरोधी मानिन्छन् । खुबहादुरलाई उपसभापति नबनाए आफू देउवालाई निःसर्त सहयोग गर्न तयार रहेको सन्देश सिटौलाले देउवासमक्ष पनि पुगाएका छन् ।















प्रतिक्रिया