८ कार्तिक २०८३, आइतबार

एमाले बैठकका यी हुन् सात रोचक प्रसंग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Meeting Baluwatarकाठमाडौं, १ वैशाख ।

झन्डाको झमेला

– प्रधानमनत्री निवास बालुवाटारमा २७ गते बसेको पहिलो दिनको बैठक सुरु हुनासाथ पार्टी झन्डामा झमेला सुरु भयो । अध्यक्ष केपी ओलीको मन्तव्य सकिनासाथ केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीको झन्डा र ब्यानरविनै बैठक राखिएको भन्दै अपात्ति जनाए । ‘अध्यक्षज्यूको वरिपरी राष्ट्रिय झन्डा छन्, यो राम्रो कुरा हो, तर आज जुन कम्युनिष्ट पार्टीको बैठक बसिरहेको छ, त्यही पार्टीको झन्डा र ब्यानरसमेत राखिएको छैन, यसबाट हामी पार्टीमा कस्तो चलन सुरु गर्न खोजिरहेका छौँ ?’ गरैलेले भने, ‘झन्डाविना बैठक गर्ने हो भने यसप्रति मेरो गम्भीर आपत्ति रहनेछ ।’

– गैरेको आपत्तिलगत्तै जवाफ दिँदै महासचिव पोखरेलले कमजोरी भएको भन्दै तुरुन्त कार्यान्वयन गर्ने बताएपछि २९ गते प्रधानमन्त्री निवासमै बसेको बैठकमा पार्टीको झन्डा राखिएको थियो ।

– खासमा पोलिटव्युरो बैठकमै शत्रुधन महतोले यस विषयमा आपत्ति जनाइसकेका रहेछन् । तर, बैठकमा प्रधानमन्त्री निवासमा पार्टी झन्डा राखेर बैठक गरेको कुरा बाहिर गए राम्रो सन्देश नजाने भन्दै सबै सदस्यलाई कन्भिन्स गराइको रहेछ । जन कुरा महताले झन्डा राखिसकेपछि गैरेसहित धेरै केन्द्रीय सदस्यहरूलाई खासखुस रुपमा जानकारी गराएका थिए ।

फोहोरा दरबारको चर्चा

– २७ गतेको बैठकमा केन्द्रीय सदस्य टंक कार्कीले प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठक गर्दा गलत सन्देश जाने र त्यसले पार्टीलाई नै नोक्सान पुगाउने भन्दै गम्भीर आपत्ति जनाएका थिए । उनले नेपाल कम्युनिष्ट पार्टीको दोस्रो सम्मेलन फोहोरा दबरबारमा भएको र पछि राजाले सो दरबारको आधा जमिन अधिग्रहण गरेको प्रसंग सुनाउँदै अहिले पनि हामी कतै त्यही ठाउँमा अनउ खोजेका त होइनौँ ? भन्दै नेतृत्वका ध्यानाकर्षण गराएका थिए । उनको यस्तो ध्यानाकर्षपछि समूहगत छलफल पार्टी कार्यालयमा भयो, तर बैठक भने बालुवाटारमै बस्यो ।

खनाललाई निद्रा, नेपाललाई फोटोकै चटारो

– २७ गते बैठक चलरिहँदा वरिष्ठ नेतामध्ये कोही निदाए भने कोही फोटो खिच्न व्यस्त देखिए । तल केन्द्रीय सदस्य बोलिरहन्थे तर वरिष्ठ नेता झलनाथ खनाल भने मञ्चमा पटक पटक निदाएका थिए । बैठक चलिरहेकै बीचमा दृश्यावलोकन र र फोटोका लागि सञ्चारकर्मीहरूको प्रवेश भएपछि कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठको इशारा र छेउमा बसेका नेताले झकझक्याएपछि मात्रै खनाल ब्युँझिएका थिए । तर, खनाल निदाइरहँदा नेता नेपाल र कतिपय केन्द्रीय सदस्यहरू भने बैठकमा फोटो खिच्न व्यत थिए ।

भारतीय दूतावासको सहयोग बन्द गरौँ

– बैठकमा नेपालस्थित भारतीय दूतावासको अनियमित काम र अनावश्यक सक्रियताले समूहगत छलफलमा चर्चा पाएको थियो । दूतावासले आफ्नै सक्रियतामा जिल्ला जिल्लामा स्कुल, कलेज, उच्च माविको भवन बनाउन सीधै सहयोग गर्ने गरेको भन्दै केन्दैीय सदस्यहरूले त्यसरी सीधै सहयोग गर्ने काम बन्द गर्नुपर्ने र सरकारी च्यानलमार्फत प्रक्रिया हुनुपर्ने कुरा उठाएका थिए । केन्द्रीय सदस्यहरुको यस्तो सुझावलाई टोली नेताहरुले प्रस्तुत गरेका थिए ।

भोजभतेरको विरोध

– प्रधानमन्त्री निवास बालुवाटारमा सरकारी खर्चमा गुटका नेताहरूलाई बोलाबेला भोजभतेर गरिएको भन्दै केन्द्रीय सदस्यहरूले कडा आलोचना गरेका छन् । बुधबार साप्ताहिकले समाचार छापेको छ ।

दुई भाइले बारमा गर्नु गरे…

– बैठकमा नेपाल बार एसोसिएसनको चुनावमा प्रगतिशील–गणतान्त्रिक र राष्ट्रवादी गठबन्धनको लज्जास्पद पराजयको विषयलाई लिएर केन्द्रीय सदस्यहरूले गम्भीर समीक्षा प्रस्तुत गरेका थिए । पराजयको कारक कानुनमन्त्री अग्नि खरेल र उनका व्यवसायिक पार्टनर हरिकृष्ण कार्की रहेको भन्ने अधिकांश सदस्यहरूको निष्कर्ष थियो । यसक्रममा सरकारको सिफारिसमा २६ जनाको कोटामा मनोनीत व्यक्तिलाई दलदको प्रमुख सचेतक, त्यतिले नपुगेर मन्त्री बनाउनुपर्ने र बार एसोसिएसनको अध्यक्ष भइसकेको व्यक्तिलाई महान्यायाधिवक्ता र त्यतिले पनि नपुगेर सर्वोच्चको न्यायाधीश सिफारिस गर्नुपर्ने कारणल के भन्ने नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका थिए ।

कार्यालय सचिवद्वारा खाजाको प्रशंसा

बालुवाटारमा बसेको दुवै दिनको बैठकमा केन्द्रीय सदस्यहरूलाई विशेष प्रकारको खाजाको व्यवस्था गरिएको थियो । खाजामा फलफूल, आलुको पकौडा, कुखुराको मासुलगायतका परिकार थिए । बाहिर बैठक बस्दा तरकारी–चिउरा खुवाइन्थ्यो, बालुवाटारमा बस्दा यस्तो खाजा खान पाउनुभएको छ भन्दै कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ कान फुक्दै हिँडेका थिए ।