१ कार्तिक २०८३, शनिबार

श्रीलङ्का जोड्ने गरी पुल बनाउने भारतको मास्टर प्लान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Pm-And-Srilanka-Pm

नयाँ दिल्ली, ३० चैत । भारतले श्रीलङ्कासम्म नै जोड्नेगरी पुल निर्माण गर्ने विषयमा छलफल सुरु गरेको समाचारमा जनाइएको छ । यी दुई छिमेकी देशलाई जोड्नेगरी पुल निर्माणका बारेमा छलफल भइरहेको भारतले जनाएको छ ।

भारतीय यातायातमन्त्री नितीन गड्करीले उक्त पुल निर्माणसम्बन्धी आयोजनाका बारेमा कुराकानी सुरु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– यो आयोजना विचाराधीन छ, यस विषयमा आवश्यक मात्रामा छलफल पनि भइरहेको छ ।

सोमबार राजधानी नयाँ दिल्लीमा सम्वाददाताहरुको जिज्ञासा मेटाउदै उहाँले भन्नुभयो– हामीले छलफल अघि बढाएका छौँ र चाँडै यसले निकास पाउने छ ।

उहाँले प्रारम्भिक रुपमा श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेना र त्यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग छलफल भएको र उहाँहरुले यसप्रति सकारात्मक जवाफ दिनुभएको मन्त्री गड्करीले जानकारी दिनुभयो ।

श्रीलङ्काली पक्ष यो पुल निर्माणका विषयमा सकारात्मक रहेको पनि मन्त्री गड्करीले जानकारी दिनुभयो ।

उक्त पुल दक्षिण भारतीय राज्य तामिलनाडुको रामेश्वरम र श्रीलङ्काको बीचमा निर्माण गरिने छ । यस पुलपछि भारत र श्रीलङ्काबीचमा थप सम्बन्ध विस्तारका साथै व्यापारिक हिसाबले पनि सहयोग पुग्ने छ ।

यस विषयमा यसअघि नै श्रीलङ्काली संसदमा पनि छलफल भएको बताइएको छ । तर यो पुलका बारेमा विस्तृत समाचार भने दिइएको छैन । रासस/सिन्ह्वा