१६ कार्तिक २०८३, सोमबार

भारतीय कम्पनी जिएमआरसंगको सम्झौता खारेज गर्न पत्रकार महासंघको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karnali-hydro

– कालु बोहरा
अछाम, ३० चैत । अछामस्थित सञ्चारकर्मीहरुले बहुप्रतिक्षीत माथिल्लो कर्णाली जलबिद्युत आयोजना नेपालीको हित बिपरित हुने भन्दै जिएमआर संगको सम्झौता खारेज गरी नयाँ तरिकाले सञ्चालन गर्नुपर्ने माग राखेका छन ।

नेपाल पत्रकार महाँसंघ अछाम शाखाको वार्षिक साधारणसभापछिको बन्दसत्रवाट घोषणा पत्र जारी गर्दै प्रमुख एजेण्डाको रुपमा माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको सम्झौता खारेजीको विषयलाई राखिएको छ ।

घोषणापत्र बुद्धागत रुपमा यस्तो छः

१. अछाम जिल्लामै ड्याम साईड र पावर हाउस रहेर निर्माण हुन लागेको उक्त परियोजनाको पिडिए सम्झौताले नेपाल र नेपालीको हित नगर्ने देखिएको कुरा उल्लेख गरिएको छ । उक्त परियोजना जिएमआर संगको हालको पिडिए अनुसार संचालन नभए नेपालीको हित बिपरित हुने उल्ेलख गरिएको छ । पत्रकार महासंघको साधारण सभाले माथिल्लो कर्णालीको विषयमा र उक्त परियोजनाको बिद्युत उत्पादन क्षमताको विषयमा पनि धेरै कुराहरु स्पष्ट नभएको विषयमा गम्भिर छलफल गरी आफ्नो घोषणापत्र मार्फत सम्झौता खारेज गरी नयाँ तरिकावाट सञ्चालन गर्न सम्वन्धित निकायमा माग गरिएको हो ।

२. महाँसंघले जारी गरेको घोषणापत्रमा अछाम जिल्लाका अन्य बिभिन्न समसामयिक जनचासोका बिसयबस्तुहरु पनि समावेश गरिएको छ । ७ बुदे घोषणापत्रमा अछामी जनताको भाग्य र भविष्य संग जोडिएका मध्यपहाडी लोकमार्ग र सेती लोकमार्ग चाँडोभन्दा चाँडो निर्माण गर्न तर्फ सम्वन्धित निकायको ध्याँनाकर्षण गरिनुका साथै ढिलाई गर्ने ठेकदारलाई कारवाहिको माग गरिएको छ ।

३. सबैभन्दा महत्वपूर्ण पर्यटकीय क्षेत्रमा पर्ने जिल्लाको रामारोशन क्षेत्रलाई संरक्षीत क्षेत्रघोषणा गर्न पनि पत्रकार महाँसंघ र संचारकर्मीहरुले माग गरेका छन ।

४. घोषणापत्र मार्फत अछामी जनताको जीवनस्तर माथि उकास्ने हेतुले जिल्लामा कार्यरत केही अन्तराष्ट्रिय गैससहरु र केही स्थानिय गैससहरु मिडियामैत्री नभएको र तिनका क्रियाकलाप पूर्ण पारदर्शी बनाँउन माग गरिएको छ ।

५. जिल्लाका २ वटा बिमानिस्थल साँफेबगर र कमलबजार बिमानिस्थललाई यथासक्य संचालन गर्न, माग गरिएको छ ।

६. अछाम सदरमुकाम मंगलसेन बजार क्षेत्रको सडकको स्तरोन्नती चाँडो भन्दा चाँडो गन माग गरिएको छ ।

७. साढे २ वर्षदेखी अवरुद्ध कैलासखोला स्थित अछाम साना जलबिद्युत केन्द्र यथासक्य संचालन गर्नुका साथै निर्माणाधिन बिभिन्न पक्क पुल र ऐतिहाँसिक मंगलसेन दरवार पुनः निर्माणको कामलाई यथासक्य सम्पन्न गर्न माग गरिएको छ ।