१६ कार्तिक २०८३, सोमबार

सुन्धाराको डान्सबारमा भीषणा आगलागी, एक्कासी धुवाको मुस्लो देखेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dancebar-sundhara

काठमाडौं, ३० चैत । राजधानीको एक डान्स बारमा मंगलबार साँझ अगालागी भएको छ ।

महानगरीय प्रहरीका डीएसपी विनोद घिमिरेका अनुसार सुन्धारास्थित धड्कन डान्सबारमा जेनेरेटरमा तेल हाल्दा पड्केर आगलागी भएको हो ।

आगलागीबाट लाखौंको धनमाल नष्ट भएपनि मानवीय क्षति नभएको डीएसपी घिमिरेले बताए । उनले भने– ‘सेना, प्रहरी, एपीएफ, स्थानीय र तीनवटा दमकलको मद्दतमा आगो नियन्त्रणमा लिइएको छ । अहिले त्यहाँको वातावरण त्रासपूर्ण बनेको छ ।’

उनका अनुसार आकाशमा एक्कासी धुवाको मुस्लो देखेपछि पर्यटकसहित बाहिर पनि भागाभाग भएको थियो ।