१ कार्तिक २०८३, आइतबार

दाङका युवा वैज्ञानिक मार्सलले फोहोरबाट निकाले विजुली, गाउँले छक्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijuli– निशान दाजु भट्टराई
घोराही, ३० चैत । उर्जाको संकट भइरहेको समयमा दाङका एक युवा बैज्ञानिकले फोहोरबाटै विद्युत उत्पादन गर्ने प्लान्ट बनाउनुभएको छ । युवा बैज्ञानिकरुपमा परिचित घोराही निवासी मार्सल रोकाले फोहोरबाट विद्युत उत्पादन गर्ने प्लान्ट बनाउनुभएको हो ।

रोकाले बनाएको प्लान्टको आज दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष खड्ग बुढाथोकी, जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रकाशराज शर्मा र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले सार्वजनिक गर्नुभएको छ । जल्ने फोहोरबाट उक्त प्लान्ट सञ्चालन गर्न सकिने र करिब ६ करोडको लागतमा आधा मेगावाट विद्युत उत्पादन गर्न सकिने बैज्ञानिक मार्सलले जानकारी दिनु्भयो ।

फोहोर व्यवस्थापनको चुनौति बढेको समयमा यो प्लान्टबाट एकातिर विद्युत निकाल्न सकिने र फोहोर व्यवस्थापन गर्न सहज हुने उहाँले बताउनुभयो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि संघका कार्यवाहक अध्यक्ष बुढाथोकीले फोहोरबाट विद्युत उत्पादन गर्ने प्लान्टलाई सफल बनाउन आफ्नोतर्फबाट सबैखाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । उहाँले यस प्रकारका नयाँ र सिर्जनशील कार्यमा सहभागी हुन उत्सुक रहेको र यस्तो प्लान्ट मुलुककै लागि बहुउपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, नेकपा एमाले दाङका मोर्चा प्रमुख विवेक श्रेष्ठ, नेपाली काग्रेस त्रिपुरका सभापति दिपक पाण्डे, नेकपा माओवादीका ज्वाला सिँह खतिवडा, घोराही नगरपालिकाका वातावरण अधिकृत सुवोध रेग्मी, साहित्यकार डा. लोकराज पराजुलीलगायतकाले प्लान्टलाई सफल बनाउन सबैले आ–आफ्नोतर्फबाट भुमिका खेल्नुपर्नेमा बताउनुभएको थियो ।