१६ कार्तिक २०८३, सोमबार

हत्या आरोपमा भक्तपुरमा पाँच जना कारागार चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jail

भक्तपुर, ३० चैत । मध्यपुरथिमि नगरपालिका–१६ मनोहरा सुकुम्बासी बस्तीमा गत फागुन ३० गते छुरा प्रहार गरी एक जनाको हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई भक्तपुर जिल्ला अदालतले सोमबार कारागार चलान गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले सिन्धुली कमलामाई नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–३५ बस्ने १८ वर्षीय निरन तामाङ र ओखलढुङ्गा रावादोलु गाविस–६ घर भई काठमाडौं बस्ने २० वर्षीय देवेन्द्र कार्की, चितवन काउले गाविस–९ का १७ वर्षीय सागर गुरुङ, सुनसरी भदौरे–५ घर भई हाल काठमाडौं ३५ बस्ने १८ वर्षीय अर्पण सुनुवार राई र नुवाकोट चैनपुर गाविस–६ का १७ वर्षीय हिराबहादुर खड्कालाई काठमाडौँस्थित डिल्लीबजार कारागार चलान गरिएको जानकारी दिनुभयो ।

पेप्सीकोलास्थित खाजा पसलमा भएको सामान्य विवादका कारण लखेट्दै लोकन्थली मनोहरा सुकुम्बासी बस्तीको फाँटमा पु¥याएर छुरा प्रहार गर्दा नुवाकोट समुद्रादेवी गाविस–१ घर भई काठमाडौं महानगरपालिका–३५ पेप्सीकोला बस्ने १९ वर्षीय विजय लामाको हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले चैत २ गते पक्राउ गरेको थियो । घटनामा काठमाडौँ ३५ बस्ने १९ वर्षीय अशोक दाहाल घाइते भएका थिए । रासस