१६ कार्तिक २०८३, सोमबार

युवासंघको गोष्ठीमा उद्योगमन्त्रीको प्रस्ताव- युवालाई उत्पादनसंग जोडौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yaan

काठमाडौं, ३० चैत । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उत्पादनसंग युवालाई जोड्नुपर्ने बताउनुभएको छ ।

मंगलबार युवासंघ नेपाल केन्द्रिय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको समृद्ध नेपाल निर्माणका लागि युवा र संचारको भूमिका बिषयक बिचार गोष्ठीमा बोल्दै उहाँले मुलुकका सबै प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गरिदै गरेको र अब युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न नेपाल सरकारले बिशेष नीति लिएको बताउनुभयो । राष्ट्र निर्माणको लागि युवाहरुको भूमिका मुख्य हुने भन्दै उहाँले युवा देशको मेरुदण्ड हुन भन्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य शंकर भण्डारीले देश विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको र सम्पूर्ण युवाहरु संयुक्त रुपमा मुलुक समृद्धिमा लाग्नुपर्ने बताउनुभयो ।

Yaan-1

कार्यक्रममा युवासंघ अध्यक्ष राजिब पहारीले युवा र संचार क्षेत्रको अन्योंयास्रित सम्बन्ध रहेको र युवा र उत्पादनलाई युवासंघको बुटवल महाधिबेशनले बिशेष कार्ययोजना बनाई अगाडी बढाएको बताउनुभयो ।

युवासंघ प्रवक्ता प्रभात बिक्रम कटुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ अध्यक्ष महेन्द्र बिष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, एबिसी टेलिभिजन का अध्यक्ष, आर्थिक पत्रकार संजालका अध्यक्ष, युवासंघ उपाध्यक्ष्य दिलु पन्त लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।