१६ कार्तिक २०८३, सोमबार

विद्यार्थी सङ्ख्या थोरै भएपछि विद्यालय गाभिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Student-Schoolजुम्ला, ३० चैत । जिल्ला सदरमुकाम खलङ्गाको मुटुमा रहेको अशोक नमुना प्राथमिक विद्यालयमा दैनिक ३५ जना विद्यार्थी मात्र हाजिर हुन्छन् ।

विद्यालयको जम्मा विद्यार्थी सङ्ख्या ६१ छ, तर मुस्किलले दैनिक हाजिर हुनेको सङ्ख्या ३४/३५ पुग्ने गरेको निमित्त प्रधानाध्यापक भगवती श्रेष्ठले बताउनुभयो ।

उहाँले विद्यालयमा बालबालिका सङ्ख्या कम हुनुमा अभिभावक सचेत नहुनु हो भन्दै बालबालिकालाई आकर्षित गर्न खाजा कार्यक्रम सञ्चालनमा छ, विद्यालयबाट पोसाक दिएका छौँ र कपी कलम पनि वितरण गर्छौं तर पनि विद्यालयमा आउने सङ्ख्या निकै कम छ भन्नु भयो ।

विद्यार्थी सङ्ख्या अनुपातमा सदरमुकाममा शिक्षकको खात नै लाग्ने गरेको तर गाउँका विद्यालय शिक्षक नपाएर ठूलो सास्ती भोगिरहेका छन् । जहाँ निजी शिक्षक राखेर समुदायले उनीहरुको तलब व्यहोर्नु परिरहेको छ ।

जिल्लाभरिमा विद्यार्थी सङ्ख्या, विद्यालय र शिक्षक दरबन्दीको लगत सङ्कलन गरेर त्यसका आधारमा विद्यालय गाभ्ने(मर्ज) जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले बताउनु भयो ।

जिल्लामा विद्यार्थी अनुपातमा दरबन्दी कायम नभएको, शिक्षा जगत्मा बढी राजनीति हुने गरेको र शिक्षक स्वयम् नै जिम्मेवारी पूरा गर्नेभन्दा पार्टीको प्रचारप्रसारमा लागेका कारण जिल्लाको शैक्षिक स्तर गिर्दो अवस्थामा रहेको नागरिक समाजका अगुवा जयकुष्ण आचार्यले बताउनु भयो । रासस