विराटनगर,२९ चैत । विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्न खोज्दा मोरङमा एक युवक आज घाइते भएका छन् ।
घाइते हुनेमा बुधनगर–५ का रुपेश मण्डल भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको बाँया हातको हड्डी भाचिएको र बुढी औंँला क्षतविक्षत भएको छ । गम्भीर अवस्थामा उनलाई कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
घटनालगत्तै उक्त स्थानमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएका टोलीले खोजतलास गर्दा सातवटा सुतली बमसमेत फेला पारेको छ ।
बरामद गरिएका बमलाई आजै अपराह्न नेपाली सेनाका बम डिष्पोजल टोलीले नष्ट गरेको छ । रासस












प्रतिक्रिया