२९ आश्विन २०८३, बिहिबार

बाँदरले घर बनाएको न देखिएको छ न त सुनिएकै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँदरले घर बनाएको कहीँ सुनिएकोसम्म पनि छैन, देख्नुको त धेरै टाढाको विषय हो । भर्खरै पञ्चायत ढलेको थियो । कांग्रेसको राज्य आतंक यसरी बढ्यो की विरोधीलाई देख्नै नसक्ने । कि कांग्रेस हुनै प-यो नभए गाउँ छाड्नु प-यो । त्यही सेतो आतंकले लाल आतंक जन्मायो । जसको नाम थियो– जनयुद्ध । त्यो लाल आतंकको सिकार पनि हिजोकै दुखी, गरिब, मजदुर र किसान नै भए । सेना आउँछ गोद्छ । आतंककारी आउँछन गोद्छन् । सेनाको नजरमा आतंककारी, आतंककारीको नजरमा सुराकी । मान्छेलाई घरभित्र हुलेर बहिरबाट आगो लगाउने, मन्दिर भत्काउने, दाजु भाई काटाकाट गराउने, बदलामा क्रिश्चियन बनाउने । हतियारको बिक्री गराउने ।

Political Crisis

सामाजिक सद्भाव खल्बल्याउने कहिल्यै नउठेका धार्मिक निरपेक्षता, जातीय संघीयता जस्ता राष्ट्रघाती मुद्दाभित्र सोझा नेपालीलाई भुमरीभित्र फसाएर देशको बिखन्डन गराउने रणनीतिको रचनाकार डा. बाबुराम र गिरिजाप्रसाद कोइराला अनि छबिलालहरु नै हुन् । आज जनताको जीवन कति भयानक छ त्यसको अलिकति पनि यी नेता हुँ भन्नेलाई हेक्का छ जस्तो लाग्दैन । जिवनको भर्भराउँदो बैंस, जोस, जाँगर, तागत विदेशमा सकेर जब नेपाल फर्किन्छन् युवाहरु । वृद्ध भएर न उनीहरुसँग परिवार नै हुन्छ न काम गरेर खान सक्ने हिम्मत । न उनीहरुका लागि राज्यले कहीँ कतै स्थान दिएको हुन्छ न आफैंले दुःख गरेर कमाएको सम्पत्ति नै काम आउँछ । भएका सबै उद्योग कलकारखाना निजीकरणका नाममा बर्बाद बनाए । नयाँ उद्योग खोल्ने हैसियत यिनीहरुसँग भएन । हाम्रा टेक्सटायल, कागज, बाँसबारी छाला जुत्ता, वीरगन्ज चिनी, हेटौंडा कागज, साझा बस, ट्रली बस, नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, स्कुल कलेज सम्पूर्ण सरकारी निकाय ध्वस्त भए । यस्तो बबन्डरमा फसाए की बाहिर निक्लने कुनै द्वार नै बाँकी राखेनन् ।

सामाजिक सद्भाव खल्बल्याउने कहिल्यै नउठेका धार्मिक निरपेक्षता, जातीय संघीयता जस्ता राष्ट्रघाती मुद्दाभित्र सोझा नेपालीलाई भुमरीभित्र फसाएर देशको बिखन्डन गराउने रणनीतिको रचनाकार डा. बाबुराम र गिरिजाप्रसाद कोइराला अनि छबिलालहरु नै हुन् । आज जनताको जीवन कति भयानक छ त्यसको अलिकति पनि यी नेता हुँ भन्नेलाई हेक्का छ जस्तो लाग्दैन ।

आज एउटा विकसित आत्मनिर्भर मुलुक केवल खरानी मात्रै भएको हामीले देखिरहेका छौं– त्यो हो लिबिया, ईराक, अफगानिस्तान, सिरिया । यी मध्ये धेरै ठूलो क्षति भोग्ने देश सिरिया नै हो । जति ठूलो भौतिक संरचना ध्वस्त भयो, त्यति नै धेरै मानिसले ज्यान पनि गुमाए । घरबार विहीन हुनेको त हिसाब किताब नै छैन । हामी अहिले हिँड्दै गरेको बाटो र पुगिने लक्ष्य त्यही नै हो ।

१० वर्ष गृहयुद्ध हुँदा भारतलाई कुनै खतरा भएन, निर्वाध रुपमा नाका खुले । हतियार, रसद पानी सबै पुगे । तर एउटा कागजको खोस्टो तयार भयो त्यसपछि भारतले नाकाबन्दी ग¥यो । कारण थियो– नेपालदेखी भारतलाई खतरा उत्पन्न भयो । आज देश भिरको टुप्पोमा छ । कता जाने हो एकीन भन्न सकिने अवस्था अहिले हामीसँग छैन ।

दुनियाँमा फेल भएको र सा¥है महंगो व्यवस्था हो संघीयता । त्यो हामीले संविधानमा जबर्जस्त राखेका छौं । ठीक त्यस्तै चिज हो धार्मिक विषय । हुनलाई यो विषय लुटेराको स्वर्ग नर्कको विषय हो । जहाँ जनचेतनाको विकास राम्रो प्रगतिशील भएको हुन्छ, त्यहाँ धर्मको कुनै खास स्थान हुँदैन जो भए पनि जनतालाई खासै फरक पर्दैन । तर एउटा धर्मलाई विस्थापित गराउन नयाँ धर्म स्थापित गराउन खोज्दा त्यहाँ रगतको खोलो बग्छ बिभत्स हुन्छ नरसंहार हुन्छ । यो हामीले इतिहासका पानाबाट सिक्नै पर्छ । संसारमा धर्मका आडमा ठूला ठूला युद्ध भएका छन् । हामीले यो भुल कतै गर्ने दुस्साहस गर्यौं भने परिणामको बारेमा तयारी गर्न लागे हुन्छ ।

राज्य धर्मनिरिपेक्ष हुनुपर्छ तर त्यो नियम सबैका लागि लागु हुने गरी । धर्म निरपेक्षताको मतलब हिन्दूलाई मासेर क्रिश्चियन बनाउनका लागि हुनु ठीक हुने छैन । ‘भाई मारेर कुर्चिमा बुर्कुसी मार्ने नाटककारहरुले गाई मारेको दृश्य देख्दा चिच्याएर रुन्छन भने हामी के भने ?’ आज कोही नयाँ शक्ति भन्दै रुवाबासी गर्दै छन् कोही मधेस अलग राज्य गराएरै छाड्छु भन्दैछन् कोही सिमांकनमा हेरफेर नभए फेरी देशमा आगो लगाउँछौ भन्दै छन् । तर हामी ६० लाख विदेशमा बस्ने (भारतबाहेक) का लागि एक शब्द कसैसँग केही सद्भाव, समवेदना, सहानुभुति केही छैन ।

देशका खोलानालाका पानी यत्तिकै खेर गएको छ । तर हामी अन्धकारमा छौं । देशभित्र काम गर्ने मजदुर छैनन् तर बिदेशबाट दैनिकी ५÷६ जनाको शव बाकसमा फर्किन्छ । जग्गा जमिन भू–माफियाको चुङ्गुलमा फसेको छ बाँझै छ । तर खाद्यान्नको संकटले देश आक्रान्त छ । लुटेको पैसा जमिनमा मुल्यांकन नै नगरि यसरी खन्याएकी गरिब किसानको पहुँचबाट धेरै टाढा भयो कृषि पेशा । कुनै दिनमा पहेंला सुनका बाला झै देखिने हाम्रा समथल भूभाग आज घरैघरले भरिएका छन् । यति अब्यवस्थित बस्ती बसालेका छन् कि हेर्दा पानी पीडाबाहेक अरु केही मिल्दैन । यो सबै राजनीतिक दूरदर्शिताको अभाव भएकै कारण हो ।

ब्यवस्था परिवर्तनसँगै राज्य सञ्चालकलाई व्यवस्थित अवकास गराएर नयाँ युवा जोसजाँगरसँग काम गर्ने सक्षम व्यक्तिलाई राज्य सन्चालन गर्न ल्याउनुपर्ने थियो । त्यो सबै निकायभित्रको कुरा हो । कुनै एउटाको कुरा मैले गरिरहेको छैन । त्यसैले अझै सद्बुद्धि पलाएर हामी सबैले ब्यक्तिगत लाभ हानीलाई छोडेर राष्ट्रको लागि सोचेनौं भने सिरिया हाम्रो देश बन्ने छ ।