१ कार्तिक २०८३, आइतबार

अमेरिकामा नेपाली उत्पादन प्रदर्शनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

American flag flying in the wind

काठमाडौँँ, २९ चैत । नेपालमा उत्पादित वस्तुको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रवद्र्धन गर्न अमेरिकामा आउँदो सेप्टेम्बर ३० देखि अक्टुवर २ तारिखसम्म ‘नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ ।

उक्त व्यापार मेला ‘वल्र्ड बिजनस म्यानेजमेन्ट एन्ड कन्सल्टेन्ट’ले आयोजना गर्न लागेको हो । नेपालको पर्यटन प्रवद्र्धनका साथै, पश्मिना, हयाण्डी क्राफ्टसहित नेपालमा उत्पादित अन्य विभिन्न वस्तुको अन्तर्राष्ट्रिय स्तरमा व्यापार प्रवद्र्धन गर्न न्यूर्योकस्थित म्यानहटनमा मेला आयोजना गर्न लागेको उक्त कन्सल्टेन्टका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उक्त व्यापार मेलामा करिब ४०० व्यापार कक्ष रहने बताइएको छ । रासस