१ कार्तिक २०८३, आइतबार

गुरु योजनामा परेको सडकको काम अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

road photo

– भोबिन्द्र शाह
बाजुरा, २९ चैत । जिल्ला बिकास समिति बाजुराको गुरुयोजना एक नम्बर प्राथमिकतामा रहेको मार्तडी माझिगाउ पिनालेख देखि बझाङ जिल्लाको थामलेख सम्मको सडक खण्डको काम जिल्ला बिकास समितीको लापर्बाहीका कारण अलपत्र परेको छ ।

जिल्ला बिकास समिति बाजुराले बझाङ, बाजुरा जिल्ला जोड्ने उक्त सडक खण्ड हाल आएर उपभोक्ताहरुलाई थाह नै नदिएर एकाएक स्थगित गर्दा स्थानियहरु आक्रोशित बनेका छन् । जिल्लाको यातायात गुरुयोजना, डोलिडार र जिल्ला प्राबिधिक कार्यालय बाजुराले गरेको रोड डिजाइन स्टमेटलाइ लत्याउदै जिल्ला बिकास समिती बाजुराले चैत्र २६ गते बसेको बैठकले दुई जिल्लाका जनताले पाउने सेवा सुबिधाबाट बञ्चित गरेको स्थानीय डम्मर महतले बताए ।

आर्थिक बर्ष ०७१, ०७२ मा मार्तडी, माँझिगाउँ थामलेख सडकमा काम गरेको रकम आफूहरुले नपाएको दिलिप बुढाले बताए । गत बर्ष उक्त सडक खण्डमा ३५ लाख रुपैया बिनियोजित भईसकेको भए पनि सात किलोमिटर मात्र काम भएको बाँकी रकम के भयो कहाँ गयो केही पनि थाह नभएको उपभोक्ता समितीका अध्यक्ष कृष्णराज उपाध्ययाले बताएका छन ।

सो सडक खण्डका बारेमा निमित्त स्थानिय बिकास अधिकार जङ्ग बहादुर थापाले बिनियोजित रकम मध्ये १५ लाख रुपैया उपभोक्ता समितिले पाईसकेको र बाँकी प्रक्रिया स्थानीय बिकास अधिकारी अर्जुनप्रसाद सुवेदी आएपछि काम प्रक्रिया अगाडी बढाइने बताएका छन् ।

उपभोक्ताहरुले आफूहरुले बारम्बार जिल्ला बिकास समिति बाजुरालाई पेश्की बेरुजु फछ्योट गर्नुपर्ने ज्याला भुक्तानीका लागि प्रक्रिया अघाडी बढाउनुपर्ने भनेर निबेदन दिदा पनि जिल्ला बिकास समिति बाजुराले कुनै सुनुवाई नगरेको खडक नेपालीले बताएका छन ।