१ कार्तिक २०८३, शनिबार

साउदी सम्राट सलमानद्वारा इजिप्टेली संसदमा सम्बोधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

150122175822-salman-bin-abdulaziz-al-saud-exlarge-169कायरो (इजिप्ट), २९ चैत । साउदी अरबका सम्राट सलमान विन अब्दुलाजिज अल साउदले आफ्नो इजरायलको महत्वपूर्ण भ्रमणको चौँथो दिन आइतबार इजिप्टको संसदलाई सम्बोधन गर्ने क्रममा तेलका लागि धनी राष्ट्र अरबले अर्बौ डलर बराबरको लगानी इजिप्टको सहायताका लागि गर्न तयार रहेको बताउनुभएको छ ।

आइतबार इजिप्टको संसदमा गरेको छ मिनेटको सम्बोधनमा साउदी अरब इजिप्टको सधैँ हित चाहने मुलुक भएको बताउनुभएको छ ।

सम्बोधनका क्रममा उहाँले दुई देशबीचको सिमानामा रहेको रेड सीमा पुल निर्माण गरी दुई देशलाई जोड्ने पहलस्वरुप इजिप्ट र साउदी अरब सहमत भइसकेको बताउनुभयो ।

साउदी अरब ‘प्यान–अरब डिफेन्स फोर्स’ निर्माण गर्न सहकार्य गर्दै अघि बढ्नेसमेत साउदी राजा सलमानले बताउनुभयो ।

साउदी अरब इजिप्टको आर्थिक एवम् राजनीतिक सहयोग गर्दै आएको एक पुरानो मित्रराष्ट्र हो ।

सन् २०१३ को सैन्य राष्ट्रपतिको पटनपछि विशेष रुपमा इजिप्टलाई सहयोग पु¥याउँदै आएको छ । एपी