३० आश्विन २०८३, शुक्रबार

न्युयोर्कमा लामिछानेसंग विशेष अन्तरक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bandana– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको भ्रमणमा रहेका एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष जीवा लामिछानेसंग न्युयोर्कमा एनआरएनएनसीसी युएसएको पहलमा भेटघाट तथा अन्तर्क्रियात्मक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि लामिछाने रहनु भएको थियो । कार्यक्रममा अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासवाट महावाणिज्यदूत नारायण मैनाली, वाणिज्यदूत क्रिशु क्षत्री, उपवाणिज्यदूत प्रवीण भट्टराई, एनआरएनएनसीसी, युएसएका निवर्तमान अध्यक्ष एवं एनआरएनआइसीसी सदस्य खगेन्द्र जीसी, प्राज्ञ हरि बहादुर थापा, डा विनोद शाह विशेष अतिथि रहनु भएको थियो ।

एनआरएनएनसीसी युएसएका निवर्तमान अध्यक्ष खगेन्द्र जिसीले लामिछानेको स्वागत गर्दै एनआरएनको अभियान एकपटकको नेपाली सधैंको नेपाली र संविधानको अधिकारमाथि प्रकाश पार्नु भएको थियो ।

अध्यक्ष डा केशव पौडेल उक्त कार्यक्रममा अनुपस्थित रहेता पनि पौडेलले स्वागत सन्देश एवं कार्यक्रम सफलताको शुभकामना पठाउनु भएको थियो ।

कार्यक्रममा उपस्थित विशिष्ट अतिथि, संचार कर्मी शैलेश श्रेष्ठ, संचालक समितिका हरिश्चन्द्र हमाल, नेपाली जनसम्पर्क समितिवाट मुनिन्द्र नेवागं आदिले आफ्नो मन्तव्य र एनआरएनको भूमिकावारे प्रकाश पार्नु भएको थियो ।

सहभागी एनआरएनका पदाधिकारी सत्येन्द्र साह, सूर्य लम्साल, सुनिता शर्मा, रविन वज्राचार्य, अजय छोच्चुन आदिले आ–आफ्नो जिज्ञासा, सल्लाह सुझाव लामिछानेसंग राख्नु भएको थियो । सो कार्यक्रमको संचालन एनआरएनएनसीसी युएसएका क्षत्रीय उपाघ्यक्ष वन्दना कोइरालाले संचालन गर्नु भएको थियो ।

एनआरएनको यात्रा, उदेश्य, उपलब्धि र दायित्वमाथि प्रकाश पार्दै सुसुचित समाचारले एनआरएनका नीति, कार्यक्रम र भावी कार्ययोजनामा थप उर्जा प्रदान गर्नेछ र झिनामसिना विवादास्पद अल्झिएर रहने अवस्था छैन भन्ने अभिव्यक्ति लामिछाने प्रकट गर्नु भएको थियो ।

सभाका सभापति कृष्ण पोख्रेलले एनआरएनएनसीसी युएसए नेपाल र नेपालीका हितमा हुने सबै कार्यमा हातेमालो गर्न तत्पर रहेको अभिव्यक्ति प्रकट गर्नु भयो । कार्यक्रम हिमालयन याक जियाक्सन हाईट्स न्युयोर्कमा भएको थियो ।