काठमाडौँ, २८ चैत । नेपाल बार एसोसियसनका नवनिर्वाचित अध्यक्ष शेरबहादुर केसीले बारको नेतृत्वले बार र बेन्चको दूरी घटाउने तथा बेन्चप्रति सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरको कार्यक्रममा उहाँले कानुन व्यवसायीको हक र हितको संरक्षणमा आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । अध्यक्ष केसीले न्यायालयमा देखिएका समस्या समाधान गर्न आफूले पहल गर्ने बताउनुभयो ।
महासचिव खम्बुबहादुर खातीले नयाँ संविधान कार्यान्वयन गर्न बारले सहयोगीको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उपाध्यक्ष उषा पाठकले आफूहरु लोकतान्त्रिक समूहबाट निर्वाचित भए पनि बारमा कुनै समूह वा विचारलाई स्थान नदिने बताउनुभयो । अर्का उपाध्यक्ष मोतिराज गौतमले बारले राज्यको सहयोगी र पीडितको पक्षमा इमान्दारितापूर्वक काम गर्ने बताउनुभयो । रासस













प्रतिक्रिया