– सुदीप अधिकारी
बर्दिया, २८ चैत । अख्तियारको टोलीले जिल्ला वन कार्यालय बर्दियाका एक जना सहायक वन अधिकृतलाई सेवाग्राहीबाट ६० हजार रुपैँया घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।
अख्तियारको क्षेत्रिय कार्यालय कोहलपुरबाट खटिएको टोलीले जिल्ला वन कार्यालय अन्र्तगत इलाका वन कार्यालय जयनगर मगरागढीमा कार्यरत सहायक वन अधिकृत भरतकुमार थापालाई आइतबार दिउँसो घुस रकम सहित पक्राउ गरेको हो ।
अनुसार सहायक वन अधिृकत थापाले जयनगरस्थित जनचेतना सामुदायिक वन उपभोक्ता समितिले लिलाम गरेको काठको चलानी पूर्जी दिए वापत घुस लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाको भनाई छ । प्रहरीका अनुसार सहायक वन अधिकृत थापाले सेवाग्राही रामबहादुर थारुबाट साठी हजार घुस लिएका थिए ।
घुस लिँदै गर्दा अख्तियारको टोलीले थापालाई पक्राउ गरेको हो । घुससहित पक्राउ परेका सहायक वन अधिकृत थापालाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रिय कार्यालय कोहलपुर लगिएको छ ।













प्रतिक्रिया