काठमाडौं, २८ चैत । शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकाल सुटुक्क दिल्ली पुगेका छन् ।
विदेश भ्रमणमा जाँदा क्याविनेटबाट स्वीकृत गराएर जानुपर्ने भएपनि मन्त्री ढकाल कसैलाई सुइकोसम्म नदिएर दिल्ली पुगेका हुन् । उनी कहिले दिल्ली पुगे भन्ने पनि थाहा हुन सकेको छैन् ।
दिल्लीबाट प्राप्त समाचारअनुसार उनले आज भारतीय जनता पार्टीका नेता विजय जोलीसँग भेटवार्ता गरेका छन् । जोली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका नेता हुन् ।
नेपालमा क्रिश्चियन धर्म प्रचारमा संलग्न हुँदै आएका मन्त्री ढकालले दिल्लीमा हिन्दूवादी बीजेपी नेताहरुसँग भेट्नुलाई रहस्यमयी ठानिएको छ ।
स्रोतका अनुसार मन्त्री ढकाल नेपाल–भारत मैत्री समाजको कार्यक्रमका लागि दिल्ली पुगेका हुन् ।













प्रतिक्रिया