१६ कार्तिक २०८३, सोमबार

पत्रकार अधिकारीमाथिको आक्रमण प्रेस स्वतन्त्रतामाथिको हमला हो: महासंघ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाइते पत्रकार कविन अधिकारी
घाइते पत्रकार कविन अधिकारी

काठमाडौँ, २८ चैत । समाचार सङ्कलनका क्रममा अनलाइन खबरका छविकार (फोटो पत्रकार) कविन अधिकारीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको विरोध जनाएको छ ।

आज बिहान करिब ११ बजे सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीले गरिरहेको आन्दोलनको तस्बिर खिंच्ने क्रममा पत्रकार अधिकारीलाई प्रहरीले लठ्ठी प्रहार गरी घाइते बनाएकामा अहिले उहाँ उपचाररत हुनुहुन्छ ।

महासङ्घका महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा पत्रकारमाथि प्रहरीबाट भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो भन्दै घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ ।