१ कार्तिक २०८३, आइतबार

पेट्रोल पम्प सञ्चालकद्वारा इन्धन कालाबजारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol Oil Nigamगाईघाट (उदयपुर), २८ चैत । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्र र सदरमुकाम गाईघाट क्षेत्रका अधिकांश पेट्रोल पम्पहरुनै इन्धन कालाबजारी गर्न थालेका छन् ।

एक पटकमा एक ट्याङ्कर इन्धन पम्पमा भित्र्याएपछि पम्प सञ्चालकले आधा ट्याङ्कर मात्र बिक्री गरेर बाँकी कालाबजारी गर्नेलाई महँगो मूल्यमा बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ । स्थानीय उपभोक्ता ध्रुव कार्की भन्नुहुन्छ, “पम्प सञ्चालकले आधा इन्धनमात्र उपभोक्तालाई बिक्री गर्छन्, बाँकी कालाबजारी गर्नेसँग मिलेर अन्यत्र बिक्री गर्ने गरेका छन् ।” उपभोक्ता कालाबजारी गर्नेसंँग सम्पर्क गरेर महँगो मूल्यमा इन्धन किन्न बाध्य हुनु परेको छ ।

“पेट्रोल प्रतिलिटर रु १३० र डिजेल रु १०० लिटरमा बिक्री गर्ने गरेका छन्” उपभोक्ता दिनेश श्रेष्ठले भन्नुभयो । इन्धन लिन जाँदा पम्प सञ्चालकले इन्धन सकियो भनेर उपभोक्तालाई रित्तै फर्काउने गरेका छन् । यसरी रित्तै फर्किएकाहरु महँगो मूल्यमा इन्धन किनेर प्रयोग गर्न बाध्य हुनुपरेको छ ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट अनुगमन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने उपभोक्ताको माग छ । रासस