एजेन्सी । भारतमा एक जना चर्चित धनाढ्यका छोराको तस्वीर भाइरल बनेको छ ।
भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले १८ महिनामा १०८ किलो तौल घटाएपछि उनको चर्चा बढेको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार आइतबार राति भएको इन्डियन प्रिमियर लिग अन्तर्गतको मुम्बई इण्डियन्स र पुने सनराइजर्सबीचको खेलका क्रममा वानखडे स्टेडियममा उपस्थिति अनन्तले क्रिकेटर सचिन तेन्दुलकरसँग खिचेको तस्बिर भाइरल भएको हो ।
अनन्तले १८ महिनामा १०८ किलो ग्राम तौल घटाउन दैनिक ६ घण्टासम्म शारीरिक अभ्यास गरेका थिए । मुम्बई इण्डियन्स टिममा उनकी आमा निता अम्बानीको लगानी रहेको छ ।
















प्रतिक्रिया