डा. सुयोग मैनाली (प्लास्टिक सर्जन)
एक बिशेष प्रकारको बत्तिको किरण प्रयोग गरी शरिरमा भएका अनावश्यक रौं हरुलाई हटाउने प्रकृयालाई लेजर हेअर रिमुभल भनिन्छ । यसले बढ्ने प्रकृयामा रहेका रौं हरुको जरालाई मार्ने काम गर्छ जस्ले गर्दा फेरी त्यो जराबाट नयां रौं पलाउंदैन ।
कुनै पनि समयमा २० प्रतिशत रौं मात्र बढ्ने क्रममा हुने भएकोले सन्तोशजनक रिजल्टको लागी धेरैचोटी गर्नुपर्छ (एक एक महिनाको फरकमा करिब ६-८ पटक) ।
के रौं फेरि कहिले पनि आउंदैन त ?
आउंछ । तर पहिलेभन्दा धेरै कम मात्र रौं फिर्ता आउंछ । तेसैले यसलाई लेजर हेअर रिमुभल नभनेर लेजर हेअर रिडक्सन भन्ने चलन छ ।
शरिरमा केहि नकरात्मक असर पर्छ कि ?
समान्यतया केहि नकरात्मक अशर पर्दैन । हजारौंमा एक जनालाई चहिं दाग बस्ने सम्भावना हुन्छ । त्यो नहोस भनेर लेजर गर्नुभन्दा एक दिन अगाडी लेजर प्याच टेस्ट गर्नुपर्छ ।
कतिको दुख्छ ?
दुख्दैन । अलिअली तातो मात्र महसुश हुन्छ ।
(नोटः अझ बढी बिस्तृतमा जानकारी चाहनुहुन्छ भने आएर परामर्श गर्न सक्नुहुन्छ । )
Ph. 014771045 or 9860777206














प्रतिक्रिया