– विजय थापा
वाशिंगटन डिसी । मानिस अक्सर मध्यरातमा कुम्भकर्ण झैँ मस्त निन्द्रामा सुत्दछन् । बिदेशमा झन् कुखुराको डाकमा बिउझने र एकाबिहानै काममा जानुपर्ने भएकोले समसाँझै सुत्ने पनि गरिन्छ ।
साहित्यकार नीलम कार्की निहारिकालाई आफ्नो उपन्यास चिरहरण प्रकाशित गर्न पटक पटक मध्यरातमा बिउझिनु पर्यो । उठेर भए पनि आफ्नो काम फत्ते गरेरै छोडिन । पाँच वर्षको कडा मेहनत गरेर युबा आख्यानकार कार्कीले आफ्नो जन्म दिनको अबसरमा पारेर चीरहरण उपन्यास प्रकासित गरेकी छन ।
महाभारतकालीन कथा भित्र पसेर लेखिएको चीरहरणमा , द्वापर युगकी सत्यवतीदेखि द्रोपदीसम्म पुग्दा बर्तमान समय भोगाई र घटनाहरु बुनिएका छन् । यसअघि उनको डायस्पोरिक उपन्यास अर्की आइमाई प्रकासित थियो । जुन उपन्यास पाठकले अति मन पराएका थिए ।
कार्की अमेरिकाको नर्थ क्यारोलिनामा बस्छिन । कार्कीको कविता, कथा र उपन्यासमा कलम चल्ने गर्दछ । रास्ट्रियस्तरका कबिता प्रतियोगिताहरुमा पुरस्कृत हुदै अघि बढेकी कार्की कथामा पनि हस्त मानिन्छन । कथा संग्रहहरु (हवन, कागजमा दस्तखत र बाल मनोविज्ञानमा आधारित बेली प्रकासित छन । बिगत नौ वर्षदेखि अमेरिकामा रहेर कलम चलाई रहेकी कार्कीको पछिल्लो प्रकाशन अर्की आइमाई उपन्यास पनि चर्चाको सिखरमा रह्यो ।
प्रवासमा रहेता पनि साहित्य साधनामा बिश्राम भने गरेकी छैनन् । साहित्यकार कार्कीलाई आफ्नो जन्म दिवसमा उपन्यास प्रकाशित हुनुको खास कारण केही छ भन्ने राखेको जिज्ञाशामा यो उपन्यास मेरी आमा र बाल्यकालको कारणले लेखिएको हो उनले भनिन ।
उनले भनिन आमाले हरेक अधिकांस रात हामी निदाउनु पूर्व महाभारतको कथा सुनाउने गर्नु हुने थिएन भने मलाई लाग्छ म चिरहरण लेख्ने थिइन् होला । त्यसैले जन्मदिनमा प्रकासित गर्ने रहर भयो र आज शुभ साइतमा प्रकाशित भयो उनले भनिन ।















प्रतिक्रिया