– विकाश पराजुली
बुटवल, २७ चैत । जिल्ला बिकास समितिका एक प्राबिधिक कर्मचारीमाथि सैनामैना, सालझण्डी क्षेत्रका निर्माण सामाग्री सम्बन्धित उद्योगी, ब्यबसायी र मजदुरहरुलाई बिना कारण दुःख दिएको आरोप लागेको छ ।
सब ईन्जिनियर कर्ण बहादुर क्षेत्रीले अनाहकमा आफ्ना उपकरण नियन्त्रणमा लिएको आरोप स्थानिय निर्माण ब्यबसायीहरुले लगाएका छन ।
सालझण्डी स्थित कन्चन नदीमा नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै शुक्रबार क्षेत्रीले बिभिन्न स्थानबाट ३ वटा जेसिवी र २ जना चालकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । स्थानियका अनुसार सव ईन्जिनियर क्षेत्रीले ति मध्ये २ वटा उपकरणलाई जिबिसबाट स्वीकृत लिई नियमानुसार ढुंगा गिट्टी घाटगद्दी गरिएको ठाउँबाट र अर्कोलाई बाटोमा अन्तै काम सकाएर फर्किरहेको अवस्थामा नियन्त्रणमा लिएको आरोप पुर्ण बहादुर बिकले लगाएका छन ।
जिबिसका कर्मचारी क्षेत्रीले अनैतिक अपेक्षा राखी खराव नियतबश यस्तो कार्य गरेको बताउँदै काम गरिखाने मजदुरहरु र ब्यबसायीहरुलाई हतोत्साहित बनाउने नियतका कारण यस्तो घटना भएको बिकले जानकारी गराए । उनका अनुसार जिबिसले स्विकृती प्रदान गरिएको स्थानबाटै नियमानुसार संकलन गरि गाउँमा घाटगद्दी गरिएको ठाउँबाट जेसिबी नामक उपकरण र चालकलाई कब्जामा लिनु मनोमानी मात्र नभै दादागिरी नै भएको बिकले बताए । उनि भन्छन– नियम बिपरित कार्य गरेका छैनौं बरु ति जिबिसका कर्मचारीले नियम बिपरित कार्यगरि जनतालाई दुख दिएको हो । हामीले कुनै प्रकारको अवैध कार्य गरेका छैनौं, भएका खण्डमा निश्पक्ष छानबिन गरि कारबाही गरियोस अन्यथा जनतालाई दुख दिने कार्य गर्नेलाई कारबाहीको दायरा ल्याउनुपर्छ ।
संचारकर्मीसँग आक्रोस पोख्दै बिकले जिबिस कर्मचारी क्षेत्रीले मादक पदार्थ सेवन गरि लठ्ठ परेर आएको र हामीलाई वास्ता नगर्ने, सोधनी पुछनी केही छैन तिमिहरु मात्रै कमाउने भन्ने शब्दहरु निकाल्दै आफलाई हकारेको पनि उनको जिकिर छ । बिकका अनुसार क्षेत्रीको हर्कतका कारण आफुलाई लाखौँ रुपैयाँ घाटा भएकोले क्षतिपुर्ती समेत दिलाइ न्याय पाउँ भनि स्थानिय बिकास अधिकारी समक्ष निवेदन समेत दिइएको छ ।
बिगत लामो समयदेखि बन्द रहेको निकासी बल्लबल्ल ३ महिनाका लागि खुलेको थियो तर यस्तै प्रकारको बिभिन्न झण्झटले गर्दा निकासी सहज नहुँदा यहाँका बिकास निर्माणका कार्यहरुमा प्रत्यक्ष असर परेको स्थानिय निर्माण ब्यबसायी मनोज कार्कीको भनाई छ ।
३ महिनाको लागि मात्र जिबिसबाट प्रकृया पुराई अनुमती लिएरै नियमानुसार निकासी शुरु गरिएको एवं २–४ दिनमात्र बाँकी रहेको अवस्थामा जिबिसका कर्मचारीबाट यस्तो अनैतिक कार्य भएको पनि कार्कीको भनाई छ ।
नियमानुसार डम्पिङ्ग गरिएको स्थानमा जेसिबीबाट टिप्परमा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिईएको हुनाले आपत्ती जनाउदै कार्कीले अनैतिक अपेक्षा सहित यस्तो कार्य भएको दावी गरेका छन । यसप्रकारका कार्यले स्थानिय उद्योगी ब्यबसायीहरु त्रसित भएको उल्लेख गर्दै कार्कीले जिबिसका कर्मचारीनै बिकास बिरोधी भएका कारण यसक्षेत्रमा बिकास निर्माणका कार्यहरु अलपत्र अवस्थामा रहेको बताएका छन ।
उता जिल्ला बिकास समितिका स्थानिय बिकास अधिकारी युवराज सुबेदीले जिबिसका कर्मचारीले ३ वटा जेसिबी सहित २ जना चालकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको र त्यस सम्बन्धमा आवश्यक छानबिन गरि दोषी पाइएका खण्डमा दोषीलाई कारबाही बताए ।
आवश्यक छानबिन पछि दोषी ठहरिएमा कर्मचारी, ब्यबसायी, मजदुर जोसुकै पनि कानुनी कारबाहीको दायरामा आउनु पर्छ भन्दै कानुन बिपरित कसैले कार्य गर्न नहुने स्थानिय बिकास अधिकारी सुबेदीको भनाई थियो ।
















प्रतिक्रिया