दमाम (साउदी अरब) । प्रवासमा रहेर पत्रकारिताको माध्यमबाट वैदेशिक रोजगारीका विकृित, अवसर र नेपाली श्रमिकले भोग्नुपरेका समस्याका विषयमा कलम चलाएर विशेष योगदान पुर्याएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता भरत प्रधानलाई सम्मानित गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) साउदी अरेबियाले शुक्रबार दमाममा एक कार्यक्रमकाबीच प्रधानलाई सम्मान गरेको हो । सङ्घका अध्यक्ष नारायण पासवान तथा उपाध्यक्ष डमर कुमार यादवले संयुक्तरुपमा सम्मानपत्र प्रदान गरेर प्रधानलाई सम्मान गर्नुभएको हो ।
पत्रकार प्रधान विगत एक वर्षदेखि साउदी अरबमा रहेर नेपाली श्रमिकले भोग्नुपरेका समस्या, खाडीमा नेपाली कामदार तथा घरेलु महिला कामदारको अवस्था लगायतका विषयमा कलम चलाउँदै आउनुभएको छ ।
















प्रतिक्रिया