काठमाडौं, २७ चैत । आफ्नोे शैक्षिक यात्रामा ऐतिहासिक मोडहरू पार गर्दै अगाडि बढेका सूर्योदय, आनन्दभूमि र ब्ल्यू स्काई एकलले विगत वर्षहरूजस्तै यस वर्ष पनि आफ्नो समायोजित स्वरुप एस.ए.बि. पब्लिक स्कुलको नामाकरणसँगै शैक्षिक सत्र २०७२ को वार्षिक नतिजा प्रकाशन तथा वितरण विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
तिनओटै विद्यालयका कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरू र शिक्षक तथा कर्मचारीहरूलाई समेत सम्मान प्रदान गरियो । शिक्षामन्त्रालयका सह–सचिव डा. लबदेव अवस्थीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्य विशिष्ट व्यक्तित्वहरू लगायत अभिभावकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा लामो समयदेखि कार्यरत शिक्षकरशिक्षिका तथा कर्मचारीहरू क्रमश : उत्तम दुलाल, विना केसी, लक्ष्मी ढकाल र विनिता शाही सम्मानित हुनुभयो । साथै अन्य दुई विद्यालयबाट पनि शिक्षकरशिक्षिका तथा कर्मचारीहरू विविध शीर्षकमा सम्मानित हुनुभयो ।
विविध साँस्कृतिक कार्यक्रमसमेत राखिएको उक्त कार्यक्रममा प्रमुख अतिथिका तर्फबाट बोल्नुहुँदै सह सचिव डा. लवदेव अवस्थीले नयाँ अवधारणा सहित अघि बढेको समायेजन आफैँमा उदाहरणीय छ भन्नुभयो ।
सोही अवसरमा प्याव्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष एवम् एस.ए.बि. पब्लिक स्कुलका कार्यकारी अध्यक्ष लक्ष्य बहादुर के.सी. ले ‘एकताले मजबुती खोज्दै परिवर्तनको बाहक बन्न सक्ने आधारशीला निर्माणका लागि हामी एक भएका हौँ भन्नुभयो ।













प्रतिक्रिया