
– कृष्ण ओझा
पाँचथर, २७ चैत । जिल्ला प्रहरी कार्यालय पाँचथरले यहाँका बैंक गाडहरुलाई सुरक्षा बिषयक जनचेतना दिइएको छ ।
शनिबार बैंक तथा बित्तीय संस्थाका सुरक्षा गार्डहरुलाई सुरक्षा सम्बन्धी कक्षा सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
सचेतनामा फिदिम नगरपालिका भित्रका दश बटा बैंकहरुका ३५ जना सुरक्षा गार्डहरुलाई सहभागी गराइएको थियो ।

कार्यक्रममा बैंकका प्रमुखहरुलाई समेत समावेश गराईएको थियो । गार्ड र कर्मचारीहरुलाई बैंक तथा बैंकका कर्मचारीहरुको सुरक्षा कसरी गर्ने, बैंक लुटपाट तथा डकैती भईहालेमा कसरी सुरक्षित रहनेबारे चेतना दिलाइएको थियो ।
बैंकमा आउने शंकास्पद ब्यक्तिहरुलाई कसरी निगरानी गर्ने भन्ने लगायत अन्य बिबिध बिषयमा सम्बन्धि भिडियो समावेश गरी प्रशिक्षण दिईएको हो ।

सहभागीहरुलाई प्रहरी निरीक्षक बिजय श्रेष्ठले सहजीकरण गरेका थिए । सुरक्षा गार्डहरुलाई बिहान दिउँसो गरी दूई चरणमा प्रहरीको सभाहलमा कक्षा संचालन गरिएको थियो ।
बजारमा आर्थिक कारोबार बढी हुने बैंक तथा बित्तीय संस्थाहरुको सुरक्षामा हुन सक्ने खतरालाई मध्यनजर राखेर त्यहाँ कार्यरत सुरक्षा गार्डहरुलाई सुरक्षा सम्बन्धी अनुशिक्षण कक्षा संचानल गरिएको हो ।
अन्य बिबिध बिषयहरुमा जिल्ला प्रहरी कार्यालयले स्कूल, क्याम्पसहरुमा मोबाइल, फेसबुक संजाल, एसियल नंम्बरबाट हुने ठगी र प्रबिधिले हुने दुर्घटनाबारे र अपराध लगायत हिंसा सम्बन्धी गाउँ गाउँमा आफ्नै स्रोत साधनमा डिएसपी कृष्ण प्रसाद कोईरालाले सचेतना अभियान संचालन गरिरहेका छन् ।

















प्रतिक्रिया