१६ कार्तिक २०८३, सोमबार

नयाँ शक्तिको मोरङ्ग जिल्ला परिषद घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattrai

विराटनगर, २७ चैत । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल मोरंग जिल्लाको प्रथम बिस्तारित बैठक सम्पन्न भएको छ ।

बैठकमा अन्तरिम केन्द्रिय परिषद सदस्यहरु देबराज भण्डारी, तेजलाल कर्ण, डिल्ली सिग्देलले नयाँ शक्तिको औचित्यमाथि प्रकाश परेका थिए ।

बैठकले अन्तरिम केन्द्रिय परिषद सदस्य खेम प्रधानको संयोजकत्वमा १०१ सदस्यीय मोरंग जिल्ला परिषदको घोषणा गरेको छ ।

यसैगरी विभिन्न क्षेत्रीय संयोजकमा गंगा लिम्बु, परशुराम मिश्र, प्रताप थापा, मञ्जु सरदार, अमृत महतो, मोहनलाल सरदार, विश्वनाथ पराजुली, भवन ढकाल, र मनोहरि दाहाल रहेका छन् ।

त्यस्तै विभिन्न विभागीय कमिटीमा विद्यार्थीबाट किशन भगत, मजदुरबाट कुमार कोइराला, किसानबाट चिन्तामणि पोख्रेल, युवाबाट इ. मनोज पौडेल, महिलाबाट चन्द्रा थापा र सञ्चारबाट पदम सरदार रहेको केन्द्रिय परिषद सदस्य एवं प्रदेश १ कार्यालयका सचिब पशुपति नेपालले जानकारी दिए ।