पाँचथर, २७ चैत । अर्काको खुट्टामा पिसाब फेर्दा पाँचथरमा एक जनाले ज्यानै गुमाउनुपरेको छ ।
रबि–१ स्थित आफन्तको घरमा बस्दै आएका ओलने–९ का २५ वर्षीय देउके भन्ने अनिल राईले रबि–१ बस्ने १७ वर्षीय रबिन्द्र भन्ने सुखबीर राईको गलबन्दीले घाँटी थिच्दा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
आरुबोटे सांस्कृतिक कार्यक्रम हेरी फर्कने क्रममा रबि–२ स्थित लिलिया खोलामाथि बाटोमा आइपुग्दा सुखबीरले अनिलको खुट्टामा पिसाव गरीदिएको निहुँमा शुक्रबार राति बिबाद भइ झै–झगडा हुँदा अनिलले सुखबीरको घाँटीमा गलबन्दी बेरी थिच्दा घटनास्थलमै मृत्यु भएको खुल्न आएको छ ।
फरार अभियुक्तको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया