३० आश्विन २०८३, शुक्रबार

कतारमा नयाँ शक्तिले दियो खसी उपहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12969436_934556793328638_480263849_nकतार । नयाँ शक्ति कतार क्षत्रीय परिषद अलखोरले नयाँ वर्ष २०७३ को उपलक्ष्यमा अलखोरस्थित पवोर मेन क्याम्प परिसरमा भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । भलिबल प्रतियोगिताको विजेता टिमलाई प्रमाणपत्रका साथै खसी उपहार दिइएको छ ।

नयाँ शक्ति कतारका संयोजक बी.बी. खराल रोसनको प्रमुख अतिथ्य तथा उपसंयोजक लाल भट्ट, प्रबक्ता ध्रुब क्षत्री, दोहाका क्षत्रीय संयोजक हिमाल विश्वकर्मा, मुस्लिम समाज कतारका संयोजक इब्राइम मियाको कार्यक्रममा उपस्थिति रहेको थियो ।

अलखोर क्षेत्रका संयोजक तथा मध्यापूर्वका सदस्य बी.पी. पाठक (सागरको सभापतित्वमा भएको उक्त प्रतियोगिताको संयोजन नयाँ शक्ति अलखोर क्षेत्रका उपसंयोजक नीमा लामाले गरेका थिए ।

२५ चैतबाट सुरु भएको खेल २६ चैतमा सम्पन्न भएको थियो । खेलाडीलाई सम्मान पत्र र मेडलका साथै उपविजेतालार्इ सम्मान पत्र, मेडल र नगद पुरस्कार दिइएको छ ।