काठमाडौं, २६ चैत । सिभिल बैंकले मर्चेन्ट बैंकर सम्बन्धी काम गर्न सिभिल क्यापिटल मार्केट लिमिटेडलाई आफ्नो सहायक कम्पनीको रुपमा संचालन गरेको छ ।
सिभिल क्यापिटल मार्केट लिमिटेडको ५१ प्रतिशत बैंकले खरिद गरी आफ्नो सहायक कम्पनी बनाएको हो । सिभिल क्यापिटल मार्केट सहायक कम्पनी बनाएसंगै बैंकले आफ्ना २४ वटा शाखा कार्यालयहरुबाट धितोपत्र निक्षेप सेवा प्रदान गर्ने जानकारी गराएको छ ।
अब सिभिल बैंक लिमिटेडका २४ वटा शाखा कार्यालयहरुबाट हितग्राही खाता ९म्ःब्त् बअअयगलत० खोल्ने, धितोपत्र अभौतिकरण गर्ने लगायतका धितोपत्र निक्षेप सम्बन्धी सेवा उपलब्ध हुनेछन् ।
बैंकले आ. व. २०७१/७२ मा घोषणा गरेको बोनस शेयर तथा नगद लाभांश समेत वितरणको लागि शेयरधनीहरुलाई बैंकको सवै शाखा कार्यालयमा गई हितग्राही खाता तथा बैंक खाता उपलब्ध गराई दिन समेत अनुरोध गरेको छ ।















प्रतिक्रिया