१ कार्तिक २०८३, आइतबार

कुनै पसलमा पनि मूल्यसूची नभएको जिल्ला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khadyana

– श्रीकान्ता कुमार गुप्ता

बारा, २६ चैत । बाराका कुनै पसलमा पनि मूल्यसूची लागु नभएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयभित्र रहेको बजार निरीक्षण समिति निष्क्रिय हुँदा जिल्लाभित्रका कुनै पनि पसलमा मूल्यसूची नराखिएको पाइएको हो ।

दैनिक उपभोग्य वस्तुहरु पाइने खुद्रा तथा थोक बिक्रेता लगायत अन्य पसलहरुमा समेत मूल्यसुची नराखिएको उपभोक्ता दिनेश प्रसाद यादवले गुनासो गरे ।

महागढीमाई नगरपालिका, कोलभी नगरपालिका, सिमौनगढ नगरपालिका, सिमरा नगरपालिका, गढीमाई नगरपालिका र निजगर नगरपालिकाभित्र रहेका बजार र अन्य ठाउँको बजारमा समेत मूल्यसुची बिना ब्यवसायीहरुले पसल सञ्चाल गरिरहेका छन् ।

नेपालको नयाँ सविधानमा उपभोक्ता संरक्षण ऐन २०७२ मा सबै किराना पसलमा अनिवार्य रुपले ५५ वस्तुको मूल्यसुची राख्नुपर्ने प्रवधान गरिएको छ तर, प्रवधानलाई अटेर गर्दै यहाँका ब्यवसायीहरु मुल्यसुची राख्नबाट पन्छिरहेका छन ।

बारामा बजार अनुगमन र मुल्यसुचीको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयका नायव उपरीक्षक बिनोद शर्माले नयाँ संविधान भर्खरै लागु हुँदा देशमा स्थिरता नभएको कारण नयाँ समिति चयन गर्ने नसकिएको र अनुगमन प्रभावित भएको बताए । अब छिट्टै नयाँ समिति चयन गरी बजार अनुगमन हुने उनको भनाई छ ।

ब्यवसायीहरुले मौकाको फाइदा उठाउदै खाद्यान्न लगायतका बस्तुहरुमा मनोमानी मूल्य थपेर बिक्री गरिरहेको उपभोक्ता मुकेश प्रसादले बताए । ‘दैनिक उपभोग्य बस्तुको माग बढी हुन्छ । मुल्यसुची भए उपभोक्ताहरु ठगिनबाट जोगिन्थे’ उनले भने ।

उपभोक्तको संरक्षण ऐनमा पटक पटक हेर्दा मुल्यसुची नराख्ने ब्यवसायीमाथि अदालतमा मुदा दायरा गर्नसकिने प्रावधान छ । बारामा हालसम्म यसको आधारमा कुनै पनि ब्यवसायीमाथि मुद्दा दायर तथा करवाही भएको छैन ।