८ कार्तिक २०८३, आइतबार

बाहिर आए आपूर्तिमन्त्रीका पाँच धन्दा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganeshman-punकाठमाडौं, २६ चैत । चीनबाट व्यावसायिक रुपमा इन्धन आयातको वातावरण बनाउन आपूर्तिमन्त्री गणेशमान पुन तिहारको समयमा सुटुक्क बेइजिङ गए । त्यहाँका उच्च अधिकारीहरुलाई भेटेको दावी गरे । तर कसलाई भेटे कसैलाई थाहा भएन ।

– भारतको नाकाबन्दीपछि निजी क्षेत्रले इन्धन ल्याउन पाउने र मूल्य आयातकर्ताले तोक्न पाउने विदास्पद निर्णय पनि पुनले नै गराए ।

– विराट पेट्रोलियमले आफैं मूल्य तोक्ने गरी दुई खेपमा करिब २ लाख ३५ हजार लिटर पेट्रोल ल्यायो । आयल निगमले प्रतिलिटिर एक सय ४ रुपैयाँमा पेट्रोल बेचिरहेको बेला विराटले १९० मा ल्याउने सम्झौता गर्यो । निगमले १०४ मा बेचेको बेला विराटले १३० रुपैयाँमा पेट्रोल बेच्यो ।

– भारतबाट खपतअनुसार इन्धन ल्याउन मन्त्री पुनले पहल गरेनन् । मन्त्री र उनको सचिवालयले नाकाबन्दीको समयमा इन्धन दिन तोक आदेश दिएका थिए । –

अघिल्लो सरकारले खाद्य संस्थानका महाप्रबन्धक डा. शिवहरी श्रेष्ठको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयमा हाजिर गराएको थियो । तर, मन्त्री पुलने गत पुसमा श्रेष्ठलाई संस्थानको महाप्रबन्धकमा फर्काएका छन् । नयाँ पत्रिकाबाट