काठमाडौं, २६ चैत । नेपाल वायुसेवा निगमको आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाजबाट ६३ करोड ७६ लाख रुपैयाँ नोक्सानी भएको छ।
डेढ वर्षअघि अनुदानमा पाएका यी जहाज एमए ६० र वाई १२ ई बाट उडान गर्दा यो परिमाणमा नोक्सानी भएको हो ।
निगम स्रोतका अनुसार यो वर्षको ३१ करोड ३३ लाख र अघिल्लो वर्षको ३२ करोड ३५ लाख गरी निगमले चिनियाँ जहाज भित्र्याएपछि ६३ करोड ७६ लाख नोक्सानी बेहोरोको छ ।
थप ४ जहाज ल्याउने बिषय मन्त्रिपरिषदमा बिचाराधीन रहेको बेला निगम स्रातले नोक्सानीको यो बिवरण सार्वजनिक गरेको हो । कारोबारमा समाचार छ।















प्रतिक्रिया