८ कार्तिक २०८३, आइतबार

निगमले लगायो उपभोक्ताले तेल लुकाएको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_Oil_corporationकाठमाडौं, २६ चैत । भारतको नाकाबन्दी खुलेको दुई महिना बितिसकेको छ । अहिले खपतअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धन आयात पनि भएको छ ।

तर बजारमा हवाई इन्धनबाहेक अन्य पेट्रोलियम पदार्थको आपूर्ति सहज छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । तुलनात्मक रुपमा पेट्रोल र मट्टितेल आपूर्ति सहज भए पनि डिजेल र ग्यासको हाहाकार छ ।

निगम प्रवक्ता मुकुन्द घिमिरेले मुलुकभर मागअनुसार दैनिक पेट्रोल १२ लाख लिटर, डिजेल ३१ देखि ३२ लाख लिटर र हवाई इन्धन ६ लाख लिटर वितरण भइरहेको जानकारी दिए । ‘अहिले इन्धन आयातमा कुनै समस्या छैन’, घिमिरेले भने, ‘तर डिजेल अभाव छ। पेट्रोल र हवाई इन्धनमा समस्या छैन ।’

इन्धन आपूर्ति सहज बनाउन गृह मन्त्रालयमा आइतबार भएको बैठकले उद्योग, होटल, रेस्टुरेन्टलगायतले बढी मौज्दात राख्दा डिजेल अभाव भएको निष्कर्ष निकालेको छ । ‘‘व्यावसायिक उपभोक्ताले फेरि पनि अभाव हुने आशंकामा चाहिनेभन्दा धेरै डिजेल मौज्दात राखेकाले अभाव भएको हाम्रो निष्कर्ष छ’, घिमिरेले भने ।

उपत्यकामा सामान्य अवस्थामा डिजेल चार लाख ५० हजार लिटर खपत हुन्छ तर अहिले दैनिक ६ लाख लिटर वितरण भइरहेको घिमिरेको दाबी छ ।

इन्धन आपूर्ति कम भएर कालोबजारी बढ्नुमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का नै जिम्मेवार रहेको आरोप लागेको छ ।

सरकारले वैकल्पिक मार्गबाट इन्धन ल्याउन निर्देशन दिएपछि मात्र उनले ग्लोबल टेन्डर गरेका थिए ।

टेन्डरबाट विराट पेट्रोलियमलाई भारतको सिक्किमबाट पेट्रोल र डिजेल ल्याउन उनले २० करोड रुपैयाँ पेस्कीदिएका थिए ।

मनोमानी ढंगले विराटलाई तेल ल्याउन पेस्की दिएको विषय विवादमा तानिएपछि विराटले तेल ल्याउन गरेको सम्झौता तोड्यो ।