८ कार्तिक २०८३, आइतबार

यी हुन् मुलुकका सबैभन्दा शक्तिशाली कर्मचारी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samanya Prasasan Mantralayaकाठमाडौं, २६ चैत । गाउँ विकास समितिका सचिवको असहयोगले सरकारले ढिलो गरी सुरु गरेको व्यक्तिगत आवास अनुदान वितथरण कार्यक्रम पनि अलपत्र पर्ने अवस्थामा पुगेको छ ।

भूकम्पपछि पुनर्निमार्णको क्रममा दोलखाको सिंगटी क्षेत्रबाट व्यक्तिगत आवास निर्माणका लागि अनुदान वितरण सुरु गरिएपनि सरकारले प्रभावकारी रुपमा आफ्ना संयन्त्र परिचान गर्न नसक्दा र गाविस सचिवले असहयोग गर्दा अलपत्र पर्ने अवस्थामा पुगेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्प गएको लामो समयपछि ३० फागुनदेखि दोलखाको सिंगटीबाट अनुदान वितरण सुरु गरेकामा १२ चैतदेखि गाविस सचिवकै असहयोगको कारण रोकिएको छ ।

भूकम्पबाट अति क्षतिग्रस्त सिंगटी क्षेत्रको पाँच गाविसलार्इ बाँड्ने लक्ष्यसहित सुरु गरेको अनुदान वितरण दोलखाको लामिडाँडा र लादुकका ६ सय ४१ जना भूकम्प पीडितलाई आगामी २८ चैतदेखि आठ जिल्लाका आठ गाविसमा अनुदान वितरण गर्न लागेको छ ।

गाविस सचिवले अवरोध कायमै राखे थप जिल्लाको अनुदान वितरणसमेत अलपत्र पर्ने अवस्थामा पुगेको पुनर्निर्माण प्राधिकरणका एक अधिकारी बताउँछन् ।