बुटवल, चैत २५ । रुपन्देहीको देवदह नगरपालिकामा चैत ३० गते हुन लागेको प्रथम देवदह फुड फेस्टिबलको तयारी पुरा भएको ।
उद्योग ब्यापार संगठन देबदह शाखाको आयोजनामा हुन लागेको फुड फेस्टिबलको तयारी पुरा भएको विहिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
उद्योग व्यापार संगठन देबदहका अध्यक्ष गोविन्द ठड्राईले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर गराउनको लागि फुड फेस्टिबलको आयोजना गरिएको बताए । उनले देवदह क्षेत्रलाई पर्यटकीय र व्यापरिक क्षेत्रको रुपमा विकास गराउनका लागि यस्तो कार्यक्रमले थप टेवा पुग्ने बताए । १५ देखी २० वटा स्टल रहने फुड् फेस्टिवल २० हजार भन्दा धेरै दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको उनले बताएका छन् ।
१५ लाख देखी माथिको कारोबारको लक्ष्य राखेको फुड् फेस्टिवलमा राष्ट्रिय तथा स्थानिय कलाकाहरुको प्रस्तुति रहने उनले बताए ।
“बाटोमै खाउ बाटोमै रमाउ प्रथम देबदह फुड फेस्टिबल २०७२ भब्य रुपले मनाउ” भन्ने मुल नाराका साथ स्थानिय मौलिक खानाको संरक्षण गर्ने उद्धेश्यले फुड फेस्टिबलको तयारी थालिएको संगठनका कोषाध्यक्ष विष्णुप्रसाद सापकोटाले बताए ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, डिजे कार्यक्रम, लोक तथा दोहोरी गीत प्रस्तुती, हाउजी बिङ्गो तम्बोला, शुभकामना लगायतका कार्यक्रम रहेने आयोजकले जनाएको छ । फुड् फेस्टिवलको एक कार्यक्रमका वीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । संगठनका सह–सचिव थानेश्वर लम्सालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
















प्रतिक्रिया