१ कार्तिक २०८३, आइतबार

विभेदरहित बजेट ल्याउँछौः मन्त्री भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhandari-bardiya

– यज्ञप्रसाद सापकोटा
बर्दिया, २५ चैत । नेपाल सरकारका अर्थराज्य मन्त्री दामोदर भण्डारीले अबको बजेट नयाँ बनेको संविधानलाई समेट्ने गरी आउने बताउनुभयो ।

उहाँले अबको बजेट संविधानको विरोध होईन संविधान कार्यान्वयनको झण्डा मधेशले बोक्ने गरी बजेट ल्याउने बताउनु भयो ।

मदन भण्डारी फाउण्डेशनका केन्द्रिय सदस्य समेत रहेका अर्थराज्य मन्त्री भण्डारीले मदन भण्डारी फाउण्डेशन बर्दियाले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनु भयो । नेकपा एमालेको ९ महिने शासन कालको जस्तो सफल बजेट ल्याउने तयारी भएको बताउँदै अर्थराज्य मन्त्री भण्डारीले नेपालको हाल सम्मको बजेटलाई विरसाउने गरी सर्वोत्कृष्ट बजेट ल्याउने दावि गर्नु भयो ।

उहाँले तराई साँची नै उपेक्षीत रहेको बताउँदै विगतको बजेटमा विभिन्न समाज र क्षेत्र विभेदमा परेको भएपनि अब त्यस्तो नहुने बताउनु भयो । अबको बजेट सम्पुण क्षेत्र समाज र ठाउँका समस्यालाई सम्बोधन गर्ने गरी ल्याइने छ उहाँले भन्नु भयो अबको बजेटले बाँझो जमिनहरु सिंचित हुने छन् । अध्यारा बस्तीहरु उज्याला हुनेछन् ।

मधेषको पिडालाई सम्बोधन गर्दै उहाँले भन्नु भयो मधेशमा अझै पनि गोबर सुकाएर गोबरमा रोटी पोलेर खाने बर्ग पनि भएको बताउनु भयो ।उहाँले भन्नुभयो बाँझो खेतमा उखु लगाउने र उखु सुकेर खेर जाने तर विरगञ्ज चिनि कारखाना सञ्चालन नहुने यो तराईको प्रमुख समस्या हो । अब किसानलाई चिनि मिलको मालिक बनाउने गरी बजेट ल्याउन जरुरी छ ।

अर्थराज्य मन्त्री भण्डारीले आगामी बजेटलाई छरेर होईन केन्द्रित गरेर लैजाने उद्घोष गर्नु भयो उहाँले भन्नु भयो एउटा जिल्लामा पाँच सात ओटा बजेट परोस तर देखिने गरी जिल्लाको र जनताको मुहार नै परिवर्तन हुने गरी बजेट ल्याउँछौ, एउटा नदिमा तटबन्ध गर्योभने त्यो क्षेत्र नै सुरक्षित होस अर्को पटक त्यहाँ खर्च गर्नु नपर्ने गरी बजेट ल्याउने बताउनु भयो ।

जिल्ला भेला पश्चात मदन भण्डारी फाउण्डेशन जिल्ला कार्यसमिति बर्दियाको कार्यालय समेत मन्त्री भण्डारीले उद्घाटन गर्नु भएको थियो ।