१६ कार्तिक २०८३, सोमबार

बारामा ७५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bara

– श्रीकान्ता कुमार गुप्ता

बारा, २५ चैत । बारामा ७५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ ।

जेष्ठ नागरिकहरुको सम्मान तथा गरिब परिवारलाई सहयोग स्वरुप बिहीवार ओबीसीले कम्बल वितरण गरेको केन्द्रिय उपाध्यक्ष रामचन्द्र साहले बताए ।

बाराको महा गढीमाई नगरपालिका ८ मैनी टोलमा ओबीसी उत्थान बिकास समितिले आयोजना गरेको कम्बल वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष साहले विगतका बर्षदेखि यो संस्थाले पिछडिएको समुदाय र जेष्ठ नागरिकलाई पटक पटक सहयोग आएको बताउँदै समुदायमा बसेका आदिवासी जनजाति दलित तथा पिछडिएको वर्गबाट छुवाछुत हटाई समुदायमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।

शियाराम कुशवाहाको स्वागत मन्तव्य रहेको कार्यक्रममा गढीमाई मन्दिर ब्यवस्थापन समितिका सचिव मोतिलाल कुशवाहा, कार्यकारी निर्देशन डा.रिझन भट्टराई, संजय रिमाल, शम्भु साह, धेनुक चौरसिया, रामचलितर महतो लगायतले आफ्नो बिचार राखेका थिए ।