मस्को (रसिया), २५ चैत । विश्व बैंकले आफूले यसपूर्व गरेको रसियाको आर्थिक वृद्धिबारे गरेको पूर्वानुमानलाई सच्याउँदै पेट्रोलियम मूल्यमा कमी आउनु र रसियाविरुद्धको अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दीका कारण आर्थिक वृद्धिदरमा १.९ प्रतिशतले संकुचन हुने बताएको छ । यसका कारण रसियामा गरिबी बढ्ने चेतावनी विश्व बैंकले दिएको छ ।
विश्व बैंकले यसअघि सन् २०१५ को डिसेम्बरमा रसियाको आर्थिक वृद्धिदर ०.७ प्रतिशतमा खुम्चिने अनुमान गरेको थियो भने अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१६ को जनवरीमा आर्थिक वृद्धिदरमा एक प्रतिशतले संकुचन हुने बताएको थियो ।
विश्व बैंकका रसिया मामिला हेर्ने प्रमुख अर्थशास्त्री वीरुगत हानसलले रसियाको केन्द्रीय बैंकको मुद्रास्फिति दर नियन्त्रण प्रयासको प्रशंसा गर्दै सरकारी आर्थिक गतिविधिमा अझै दबाब रहिरहने चेतावनी दिनुभएको छ ।
रसियाको तथ्याङ्क मामिला हेर्ने विभागको गएको महिना सार्वजनिक भएको प्रतिवेदनले करिब ३१ लाख जनता सन् २१५ सम्मको रोखामुनि रहेको बताएको थियो । विश्व बैंकले गरिबी बिमा वृद्धि हुने प्रवृत्ति आगामी दिनमा पनि निरन्तर रहने बताएको थियो ।
गरिबीको अवस्था सन् २००७ को तहमा पुग्ने धेरै गृहकार्य गर्नुपर्ने बताएको थियो । रासस/एपी
















प्रतिक्रिया