हानोई (भियतनाम), २५ चैत । भियतनामका प्रधामन्त्री गुयेन तान दुङ प्रधामन्त्रीको जिम्मेवारीबाट बुधबार पदमुक्त हुनुभएको छ ।
भिएतनामको ‘नेशनल एसेम्ली’ (एनए)को जारी ११औँ बैठकले प्रधानमन्त्री गुयेनलाई अविश्वासको मतद्वारा हटाउने निणर्य गरेको हो ।
संसद्को ४८६ सदस्य सङ्ख्यामध्ये ४१८ जनाले गुयेनलाई हटाउने राष्ट्रपति ट्रान दाई कुयाङको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
यसैबीच, राष्ट्रपति कुयाङद्वारा नयाँ प्रधानमन्त्रीका लागि बुधबार नै आह्वान गर्नुभएपछि उक्त पदका लागि भियतनाम कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा वर्तमान मन्त्रिपरिषद्का उपप्रधानमन्त्री गुयेन सुआन फुकले मात्रै आवेदन दिनुभएको छ ।
उहाँलाई बिहीबार बस्ने संसद् बैठकले मतदान गरी प्रधानमन्त्रीका रूपमा निर्वाचित गर्नुपर्नेछ । सिन्ह्वा















प्रतिक्रिया